मुग्लिन-नारायणगढ सडकमा राखियो फ्लड लाइट

काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोला पुल नजिकै फ्लड लाइट जडान गरिएको छ ।

यस सडकखण्ड अन्तर्गत बारम्बार पहिरो खसिरहने तुइन खोला नजिकै दुईवटा फ्लड लाइट जडान गरिएको हो ।

सडक डिभिजन भरतपुरका अनुसार शनिबार उक्त स्थानमा फ्लड लाइट जडान गरिएको हो ।

उक्त स्थानमा जति बेला पनि ढुंगा खस्ने सम्भावना रहेको र रातको समयमा पनि ढुंगा खसेको स्पष्ट देखियोस् भनेर फ्लडलाइट जडान गरिएको डिभिजनले जनाएको छ ।

साथै, कार्यालयले ओभरटेक नगरी संयमित भइ यात्रा गर्नका लागि चालक एवं यात्रुहरूलाई आग्रह समेत गरेको छ ।

तुइन खोलामा गत वर्षायाममा निरन्तर पहिरो खसिरहँदा पटक पटक सडक अवरुद्ध भएको थियो ।


Back_to_top