अत्याधुनिक प्रविधि प्रति विशेष रुची राख्ने संसारका चर्चित अटो निर्माता कम्पनीहरु पछिल्लो समय फ्लाइङ कारको निर्माणमा लागि परेका छन् । फ्लाइङ कार निर्माणमा जुटेका कम्पनीहरु करोडौं लगानीमा विकास गरेका फ्लाइङ ट्याक्सीको प्रोटोटाइपको परिक्षण तथा अनुुसन्धान भैरहेको छ । यद्यपी, त्यसमा अपेक्षा अनुरुप प्रगति भने हुन सकेको छैन ।
यसैबिच, डेट्रोइट फ्लाइङ कारले बिकास गरेको ‘डब्ल्यु डी–१’ को प्रोटोटाइप मोडल अमेरिकाको मेचिगनमा दुर्घटना ग्रस्त भएको छ । अन्तर्राष्ट्रिय मिडिया रिपोर्टका अनुसार विलो रन एयरपोर्टमा परिक्षण भैरहेको फ्लाइङ कार दुर्घटनमा परेको हो ।
ल्यान्डिङको समयमा कारको गियरले काम नगरेपछि कार दुर्घटनामा परेको थियो । दुर्घटनापछि कारमा सवार पाइलटलाई मेचिगन अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भैरहेको कम्पनीले जनाएको छ ।
डब्ल्युडी १ मा कार्बन फाइबर प्यानल, १०० हर्ष पावर उत्पादन क्षमताको पावरट्रेन तथा ८ मिटर लामो विंगप्यान लगाइएको छ । यो फ्लाइङ कार ६४३ किलोमिटरको रेन्जमा गुड्न सक्ने दाबी गरेको छ ।
यो कार हवाईजहाज मोडमा प्रतिघन्टा २०१ किलोमिटरको रफ्तारमा उड्न सक्ने कम्पनीले जनाएको छ ।

