फोर्डको नयाँ एस्पायर शुक्रबार सार्वजनिक हुने, यस्तो छ नेपाल ल्याउने तयारी

काठमाडौं । चाडपर्वको मौसमलाई मध्यनजरगर्दै अमेरिकी कम्पनी फोर्डले भारतमा एस्पाएर फेसलिस्ट सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले आगामी ४ अक्टोम्बरमा एस्पायर फेसलिफ्ट सार्वजनिक गर्ने घोषणा यसअघिनै गरेको हो । 

कम्पनीले एस्पायरमा मेकानिकलदेखि क्याबिन तथा अन्य फिचरमा थुप्रै परिर्वतन गरेको छ । 

नेपाली बजारमा दशैं लगत्तै सार्वजनिक गर्ने तयारी भइरहेको नेपालको लागि फोर्डको आधिकारीक बिक्रेता जिओ फोर्डका प्रबन्ध निर्देशक आकाश गोल्छाले जानकारी दिए । 

‘५ अक्टोबरपछि हामी प्रि–बुकिङको तयारीमा लाग्नेछौं तर, आधिकारीक बिक्री भने दशैंपछि मात्र हुनेछ’ गोल्छाले मेरोअटोसँग भने । 

इन्जिन


नयाँ एस्पायर पेट्रोल र डिजेल दुबै भर्सनमा उपलब्ध हुने छ । यसमा १.२ लिटर ड्रागन सिरिजको नयाँ पेट्रोल इन्जिन दिइएको छ । यसले ९६ पीएस पावरकासाथै १२० एनएम टर्क उत्पादन गर्छ । 

यसको अलवा १.५ लिटरको डिजेल इन्जिनमा समेत एस्पायर उपलब्ध हुनेछ । मेनियुल र अटोमेटिक दुबै गियर बक्समा आउने यसमा ५ स्पीड गियरबक्स दिइएको छ । 

अटोमेटिक भेरियन्ट


कम्पनीले एस्पायरमा अटोमेटिक ट्रान्समिसन दिएको छ । यसमा उपलब्ध ३ सिलिन्डर १.५ लिटर पेट्रोल इन्जिनले अधिकतम १२३ पिएस पावरका साथै १५० एनएम टर्क उत्पादन गर्छ । यसमा इकोस्पोर्टमा प्रयोग गरिएको ६ स्पिड टर्क कन्भर्टर दिइएको छ । 

अपडेटेड इन्फोटेनमेन्ट सिस्टम

फोर्ड एस्पायरमा अत्याधुनिक विशेषताको रुपमा परिचित एप्पल कार प्ले तथा एन्ड्रोइड अटोलाई सपोर्ट गर्ने ६.५ इन्च टचस्क्रिन  डिस्प्ले जडित एसवाइएनसी ३ इन्फोटेनमेन्ट सिस्टम लगाईएको छ । यसको पुरानो मोडलमा नन टचस्क्रिन एसवाइएनसि एपलिंक सिस्टम दिइएको थियो ।

अन्य विशेषता 

नयाँ डिजाइनको बम्पर, बडी फ्रन्ट ग्रिल, तथा नयाँ हेडलाइट्स यसको थप विशेषता हुन् । यसको अलवा कम्पनीले क्याबिनमा निक्कै अपग्रेड गरेको छ । यसमा १४ इन्च अलोइ ह्वील दिइएको छ । 


Back_to_top