काठमाडौं । पहिलो पटक पत्रिकामा बिज्ञापन छपाएर चालक र सहचालक मागेको बाबा गोकर्णेश्वर यातायातले ३० वटा नयाँ बस थप्ने भएको छ।
कम्पनीले भोलि मंगलबारबाट साँखु–दक्षिणकाली रुटमा बससेवा संचालन गरेर सेवा विस्तार गर्न लागेको जानकारी दिएको छ ।
कम्पनीका अनुसार साँखुबाट तीनवटा रुट हुँदै ४० वटा बस दक्षिणकालीमसम्म संचालन गर्न लागिएको हो। नयाँ ३० वटा र पुराना १० गरि ४० वटा बसले साँखु दक्षिणकाली बस सेवा प्रदान गर्ने छन् ।
कम्पनीका अनुसार बसको तीन वटा रुट निर्धारण गरिएको छ । जसमा पहिलो रुट साँखु–थली–नारायणटार–जोरपाटी–चावहिलहुँदै चक्रपथ–नयाँ बसपार्क–बल्खुबाट दक्षिणकाली जानेछ।
दोस्रो रुट चावहिलबाट गौशाला–कोटेश्वर चक्रपथको घुम्दै बल्खु पुगेर दक्षिणकाली जानेछ। तेस्रो, गौशालाबाट रातोपुल रत्नपार्क कालिमाटी बल्खु हुँदै दक्षिणकाली पुगेर सोही रुट फिर्ता हुनेछ ।

