महंगो टुईट जसले लग्यो, अध्यक्ष पद र २ अर्ब ३० करोड रुपैयाँ

टेस्ला कम्पनीको अध्यक्ष पदबाट चर्चित बैज्ञानिक एलेन मस्कले राजिनामा दिनु पर्ने भएको छ । टेस्ला कम्पनीलाई प्रालि बनाउने ट्विटका कारण मस्क नराम्रोसँग फसेका छन् । 

यस्तो टुईट गरेको भन्दै सेक्युरीटी एन्ड एक्स्चेन्ज (एसइसी)ले उनलाई २० मिलियन डलर (करिब २ अर्ब ३० करोड भन्दा बढी नेपाली रुपैयाँ) जरिवानासमेत तिराउने भएको छ । जरिवाना तिर्न र अध्यक्ष पद छाड्न मस्क अब तयार भएका छन् । 

सेक्युरीटी एन्ड एक्स्चेन्जसँग भएको सम्झौंता अनुसार उनले आगामी ४५ दिन भित्र अध्यक्षको पद छाड्नुपर्ने छ । सम्झौंता अनुसार आगामी तीन वर्षसम्म उनले अध्यक्षको पदमा पुनः बस्न पाउने छैनन् । तर, कम्पनीको सीईओ भने उनि रहने छन् । 

अदालतमा दिइएको डकुमेन्टमा मस्कले सेक्युरीटी एन्ड एक्स्चेन्जले लगाएको आरोपको विषयमा केहि बोलेका छैनन् । मस्कका अलावा टेस्ला कम्पनीलाई पनि २० मिलियन डलर जरिवाना गर्ने भएको छ । अब कम्पनीले २ स्वतन्त्र संचालक नियूक्त गर्ने जनाएको छ । 

मस्क अध्यक्ष पदमा नरहेपनि बोर्ड सदस्यको रुपमा भने रहन पाउने छन् । यो सबै घटना मस्कले अगस्ट ७ मा गरेको एक टुईटको कारण भएको हो । 

उनले टुविटमा लेखेका थिए । ‘टेस्ला कम्पनीलाई प्राइभेट बनाउन ४२० डलर प्रतिकित्ताको दरले फन्ड तयार गरिएको छ ।’ त्यति बेला टेस्लाको सेयर बजारमूल्यको तुलनामा निकै धेरै लगाएर बजारलाई भ्रमित गरेको उनलाई आरोप लागेको थियो ।  


Back_to_top