दोस्रो पटक रिकल गर्यो फोर्डले इकोस्पोर्ट, ३० मिनेटमै समस्या समाधान हुने

काठमाडौं । फोर्ड इन्डियाले चर्चित एसयुभी इकोस्पोर्टको ७ हजार २ सय ४९ युनिट फिर्ता बोलाएको छ । फोर्डले पावर ट्रेन कन्ट्रोल मोड (पिसिएम) सफ्टवेयर अपडेट गर्न गाडीहरु फिर्ता लिएको हो । 

कम्पनीले अहिले नोभेम्बर २०१७ देखि मार्च २०१८ भित्रको समयमा बनेको गाडीहरु फिर्ता बोलाएको हो । 

अहिले फोर्ड इन्डियाले स्वच्छिक रुपमा ती मोडलको परिक्षण गरिरहेको जनाएको छ । कम्पनीले समस्या निम्तिएको  मोडलबारे वेभसाइट मार्फत भेइकल आइडेन्टीफिकेशन नम्बर राखि फिल्ड सर्भिस एक्शनको जानकारी लिन थालेको छ । भारतीय बजारमा फोर्ड इकोस्पोर्टको एक दर्जनभन्दा बढि भर्सन उपलब्ध छ । 

इकोस्पोर्ट मोडल रिकल गरिएको यो पहिलो पटक भने होइन । यसअघि  २०१८ मा नै ४ हजार ३ सय ७९ युनिट गाडी रिकल गरिएको थियो । 

नेपालमा फोर्डका गाडीको आधिकारीक वितरक रहेको जीओ फोर्डले बजारमा केही यूनिट यस्ता कार रहेको जानकारी दिएको छ ।

‘नेपाली बजारमा केही यूनिट नयाँ मोडलको ईकोस्पोर्ट रहेका छन् र त्यसको पिसिएम सफ्टवयर अपडेट गर्न ग्राहकहरुलाई भारतबाट नै जानकारी आइसकेको छ’ जिओ फोर्ड अटोमोवाइल कम्पनीका महाप्रबन्धक सुनिल क्षेत्रीले मेरोअटोसँग भने । 

यो समस्या आउनु अघिनै संभाब्यता हेरेर कम्पनीले गरेको निर्णय भएको कारण यस्तो सफ्टवयर अपग्रेड गर्न ३० मिनेट हाराहारीमा लाग्ने कम्पनीले जनाएको छ । 


Back_to_top