फोर्थिङकाे तिहार भाइभ : बुकिङमा आइफोन १७ प्रो, थप यी ६ अफर पाउने

काठमाडौं । फोर्थिङले विशेष अफर ‘फोर्थिङ तिहार भाइभ’ घोषणा गरेको छ ।

नेपालका लागि फोर्थिङको आधिकारिक बिक्रेता लक्ष्मी ई-मोबिलिटी प्रालिले तिहारको अवसरमा उक्त योजना ल्याएको हो ।

कम्पनीका अनुसार उक्त अफर अन्तर्गत ग्राहकले फोर्थिङ फ्राइडे ईभी बुकिङ गर्दा आइफोन १७ प्रो प्राप्त गर्ने अवसर पाउने छन् ।

साथै, आकर्षक नगद छुट, ८ वर्षको वारेन्टी, ६ वर्षसम्म, निःशुल्क सर्भिसिङ, ७ किलोवाट होम चार्जर, स्पेयर टायर, १ वर्षको अटो प्लस बीमा र रोड ट्याक्स निःशुल्क पाउने कम्पनीले जनाएको छ ।

यो विशेष अफर असोज २७ देखि कात्तिक ३ सम्म संचालन हुनेछ ।

नेपाली बजारमा फोर्थिङ ब्राण्डका ईभी गत साउनमा भित्रिएको हो । यसका ईभीमा फ्युचरिस्टिक डिजाइन, आधुनिक सुरक्षात्मक विशेषता, स्टाइल, परफर्मेन्स र इनोभेशनको समिश्रण छ ।

फोर्थिङ फ्राइडे ईभीमा ६४.४ किलोवाट आवर ब्याट्री र ९९ किलोवाटको इलेक्ट्रीक मोटर जडान गरिएको छ । जसले एकपटको फुलचार्जम ४०० किलोमिटरको रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

यसको भित्री डिजाइन आरामदायी, काममा सहज र स्मार्ट डिजाइनलाई प्राथमिकता दिँदै तयार गरिएको छ। यसका साथै, प्रिमियम मसाज स्पोट्र्स सिट समावेश गरिएको छ जसले ड्राइभिङ अनुभवलाई अझ उत्कृष्ट बनाउँछ, र एक्सक्लुसिभ भेरियन्टमा इलेक्ट्रिक टेलगेटको सुविधा पनि थपिएको छ।

ग्राहकले थापाथली र नमसालमा रहेको शोरुममा गई फोर्थिङ फ्राइडे ईभी नजिकबाट अनुभव गर्न सक्नेछन् । साथै, टेस्ट ड्राइभ र व्यक्तिगत परामर्श सेवा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।


Back_to_top