काठमाडौं । फोटोन कमर्सियलको आधिकारिक वितरक एमएडब्लू वृद्धिले आउँदै गरेको चाडपर्वको उपलक्ष्यमा विभिन्न उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना जुनसुकै मोडल खरिद गर्ने ग्राहकलाई स्मार्टवाचदेखि थाइल्याण्ड र बाली घुम्न दिने स्कीम ल्याएको हो ।
चिनियाँ ब्राण्ड फोटोनका लाइट कमर्शियल गाडीहरु नेपालमा उपलब्ध गराउँदै आएको एमएडब्लू वृद्धिले फोटोनका हरेक गाडीको खरिदमा सबै ग्राहकलाई ‘स्योरसट उपहार’ उपलब्ध गराउने छ । जसमा एयरपड, स्मार्टवाच र स्पीकर हरेक ग्राहकले उपहार पाउने छन् ।
यसका अलावा बम्पर उपहारमा लक्की ड्र मार्फत १ जनालाई थाइल्याण्ड ट्रिप, १ जनालाई बाली ट्रिप, १ जनालाई स्मार्ट टेलिभिजन, २ जनालाई रेफ्रिजरेटर, २ जनालाई वासिङ मेशीन र ३ जनाले मोवाइलफोन जित्न सक्नेछन् ।
फोटोनले १४ सिटे इलेक्ट्रीक ईभी भ्यान, १४०० केजी पेलोड भएको टीएम-वान ईभी ट्रक, टुनल्याण्ड पीकअप बिक्री गर्दै आएको छ ।

