काठमाडौं । टीभीएस एनटर्क र होन्डा ग्राजिया एउटै सेग्मेन्टमा उपलब्ध स्कुटर हुन् । यी दुबै स्कुटरले धेरै नेपाली उपभोक्ताको मन जित्न सफल भएको छ ।
दुई सफल र राम्रा उत्पादन मध्ये कुनै एक छनोट गर्न जो कोहीलाई कठिन नै हुन्छ । यद्यपि, आवश्यकता एउटाको मात्रै हुँदा दुई मध्य एकलाई रोज्नै पर्छ । त्यसैले यी दुई मध्ये कुनै एक रोज्नु पर्दा केही फरक बारे जान्न जरुरी हुन्छ ।
टीभीएसको आधिकारी बिक्रेता जगदम्बा मोटर्सले एनटर्क स्कुटर बिक्री गर्दै आएको छ । एनटर्क स्कुटर सेग्मेन्टमा नै सबैभन्दा धेरै ६ भेरियन्टमा किन्न पाइन्छ । त्यस्तै स्याकार ट्रेडिङले बिक्री गर्दै आएको ग्राजिया स्कुटर ४ भेरियन्टमा उपलब्ध छ ।
दुबै ब्राण्डले धेरै अप्सनमा उपलब्ध गराएको कारण आफ्नो बजेट अनुसारको भेरियन्ट छनोट गर्न पाइन्छ । यदि तपाई दशैंमा यी दुई मध्ये एक नयाँ स्कुटर किन्ने योजना बनाइ रहनु भएको छ । यी दुई मोडलका ५ कुरालाई ध्यान दिनुहोस् ।
धेरै फिचर समान रहेका यी स्कुटरमा केही भिन्नता छन् । त्यसलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।
स्कीम
चाडपर्व नजिक आएको कारण दुबै ब्राण्ड ग्राहकमैत्री स्कीम दिएका छन् । टीभीएसले ‘हर मोडमा उमंग’ योजना चलाई रहेको छ । यस स्कीममा ग्राहकले नकन्दिै १ लाखसम्म र किन्दा नगद ५ लाख रुपैयाँसम्मको नगद छुट पाउने छन् ।
कम्पनीले हरेक महनिा लक्की ड्रमार्फत शतप्रतशित ‘क्यास ब्याक’ पनि प्रदान गर्नेछ । स्कीम अवधिमा मोटरसाइकल वा स्कुटर किन्ने ग्राहक मध्ये एक भाग्यशाली विजेतालाई बम्पर उपहारको रुपमा १० लाख रुपैयाँ नगद पुरस्कार दिने कम्पनीले जनाएको छ ।
कम्पनीले सून्य प्रतिशत ब्याजदरमा कर्जा पनि दिने जनाएको छ । साथै, नयाँ मोटरसाइकल किन्ने ग्राहकले हेलमेट, बाइक कभर र ब्याग जस्ता आकर्षक उपहारहरु पनि दिनेछ ।
होन्डाले पनि चाडपर्व लक्षित स्कीम दिइरहेको छ । कम्पनीले ल्याएको स्कीममा होन्डा मोटरसाइकल तथा स्कुटर खरिद गर्नेले १० लाखसम्म जित्न सक्ने छन् ।
साथै, स्क्र्याचकार्ड मार्फत ५ वर्षको वार्षिक मेन्टिनेन्स खर्च नलाग्ने स्कीम पनि प्राप्त गर्न सक्ने छन् । तर, नगद छुट वा वार्षिक मेन्टिनेन्स मध्ये कुनै एक मात्रै स्क्र्याचकार्ड ग्राहकले पाउने छन् ।
त्यस्तै, फाइनान्समा होन्डा मोटरसाइकल तथा स्कुटर खरदि गर्न चाहने ग्राहकले १ प्रतशित ब्याजदरमा पनि कर्जा सुविधा पाउने छन् । त्यसको लागि भने ६० प्रतिशत डाउन पेमेन्ट बुझाउनु पर्ने हुन्छ ।
इन्जिन
धेरैले सोध्ने विषय इन्जिन क्षमता र पावर हो । होन्डा ग्राजियामा १२४ सीसी, सिंगल सिलिन्डर, फोर स्ट्रोक, फ्यान कूल्ड, फ्युल इन्जेक्टेड इन्जिन छ । यो इन्जिनले अधिकतम ८.१४ ब्रेकहर्स पावर र १०.३ एनएम टर्क जेनेरेट गर्छ ।

टीभीएस एनटर्कमा १२४.८ सीसी सिंगल सिलिन्डर, फोर स्ट्रोक, एयरकुल्ड, फ्युल इन्जेक्टेड इन्जिन छ । उक्त इन्जिनले अधिकतम ९.२५ ब्रेकहर्स पावर र १०.५ एनएम टर्क प्रदान गर्छ । इन्जिन पावरको हिसावले एनटर्क केहि अगाडि देखिन्छ ।
ब्रेक र सस्पेन्सन
दुबै स्कुटरको भेरियन्ट अनुसार केहिमा अगाडि डिस्क ब्रेक र पछाडि ड्रम बे्रक पाउन सकिन्छ । साथै, दुबै ब्राण्डले ड्रम ब्रेक सिस्टम मात्रै भएको भेरियन्ट पनि उपलब्ध गराएका छन् ।
टीभीएसले एनटर्कको फ्रन्टमा हाइड्रोलिक ड्याम्पेर्स टेलिस्कोपीक सस्पेन्सन र रियरमा हाइड्रोलिक ड्याम्पर्स क्वायल स्प्रिङ सस्पेन्सन दिएको छ ।
होन्डाले ग्राजियामा अगाडि टेलिस्कोपिक सस्पेन्सन र पछाडि ३ स्टेपको एड्जस्टेवल स्प्रिङ लोडेड हाइड्रोलिक सस्पेन्सन प्रयोग गरेको छ । दुई ब्राण्डले आ-आफ्नो स्कुटरमा अलोय ह्वील र ट्युबलेस टायर दिएका छन् ।
फिचर
एनटर्क र ग्राजिया दुबै स्कुटरको भेरियन्ट अनुसार थोरै फरक फिचरहरु दिइएको छ । होन्डा ग्राजियामा डिजिटल आडोमिटर र स्पीडोमिटर, फ्युल गेज, एलइडी हेडलाइट, बल्ब ब्रेक लाइट, इलेक्ट्रीकसँगै किक स्टार्ट पनि दिएको छ ।

एनटर्कमा पनि स्पीडोमिटर र आडोमिटर डिजिटल पाउन सकिन्छ । यसमा युएसबी चाजिङ पोर्ट, कनेक्टिभिटी, नेभिगेसन, फ्युलगेज, हेलोजन लाइट र ब्रेक लाइट एलइडी रहेको छ । साथै, टीभीएसले कनेक्ट फिचर पनि दिएको छ ।
मूल्य
मूल्यको कुरा गर्दा ग्राजियाभन्दा एनटर्कको इन्ट्री भेरियन्टमा ९ हजार रुपैयाँको फरक छ । एनटर्कको इन्ट्री भेरियन्टको मूल्य २ लाख ३३ हजार ९०० रुपैयाँ छ भने ग्राजियाको २ लाख ४२ हजार ९०० रुपैयाँ छ ।
टप भेरियन्टमा भने होन्डा ३ हजार रुपैयाँले सस्तो छ । ग्राजिया टप भेरियन्टको मूल्य ३ लाख २ हजार ९०० रुपैयाँ रहँदा एनटर्क टप भेरियन्टको ३ लाख ५ हजार ९०० रुपैयाँ रहेको छ ।
दुबै १२५ सीसी सेग्मेन्टमा सफलता चुमेका मोडल हुन् । ब्राण्ड भ्यालु, सर्भिस नेटवर्क, पार्टस्को उपलब्धता, रिसेल भ्यालू जस्ता विषयले स्कुटरको बिक्रीमा असर गर्छ । डिजाइनमा लगभग उस्तै रहेको कारण निर्णय लिनुअघि दुबै स्कुटर टेष्ट ड्राइभ गर्नु उचित हुन्छ । त्यसपछि तपाई आफै निर्णय गर्न सक्षम हुनुहुने छ ।

