बुटवलमा फोटोनको थ्रीएस सेवासहितको नयाँ शोरूम संचालन

काठमाडौं । फोटोन गाडीको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले बुटवलमा नयाँ शोरूम विस्तार गरेको छ ।

सिद्धार्थ इन्टरकन्टिनेन्टलले संचालनमा ल्याएको उक्त शोरुम गत शुक्रबार एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएकाे हो । उक्त शोरुमबाट ग्राहकशरुले सेल्स, सर्भिस तथा पार्टसको सम्पूर्ण सुविधा लिन सकनेछन।

नयााँ शोरुममा फोटाेनको नेपाली बजारमा उपलब्ध सबै मोडलको सेवा प्राप्ट गर्न सकिनेछ । फोटोनसँग हाल बजारमा कम्बस्चन इन्जिन तथा इलेक्ट्रीक गरी दुवै सेग्मेन्टका गाडीहरू उपलब्ध रहेका छन् । इलेक्ट्रीकमा प्यासेन्जर भ्यान, कार्गो भ्यान, मिनी ईभी ट्रक टीएम १ जस्ता लोकप्रिय मोडल हुन् । टीएम १ लाई कम्पनीले देशका विभिन्न सडकहरूमा सफल परीक्षणपछि गत नाडा अटोशोमा सार्वजनिक गरिएकाे थियाे।

नयाँ शोरुमबाट बिक्रीपछिको सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ । बुटवलमा फोटोनको अत्याधुनिक तथा सुविधा सम्पन्न शोरुम संचालनमा आएपछि यस  क्षेत्रमा फोटनका ग्राहकलाई गाडी खरिद गर्न र बिक्री पछिको सेवा लिन सहज हुनेछ ।


Back_to_top