काठमाडौं । सुजुकीले आगामी अक्टुबर २६ बाट सुरु हुने ‘टोकियो मोटर शो’मा ‘नेक्स्ट जेनेरेशन स्वीफ्ट’ सार्वजनिक गर्ने भएको छ । कम्पनीले नयाँ स्वीफ्टको केहि तस्विरहरु सार्वजनिक गर्दै १८ दिनपछि बजारमा आउन तयार रहेको संदेश दिएको हो ।
तस्विरमा देखाइए अनुसार स्वीफ्टमा ब्लु एण्ड ब्ल्याकको डिउल टोन एक्टेरियर तथा डिजाइनमा केहि अपडेट गरेको देखिन्छ । जापनीजहरुले यसलाई स्वीफ्ट कन्सेप्ट नाम दिएका छन् । नेक्स्ट जेनेरेशन स्वीफ्ट सन् २०२४ को सुरुबाटै बजारमा आउने छ ।
स्वीफ्टको बोनेटमा ठूलो परिवर्तन गरिएको छ । यसलाई भविष्य उन्मुख बनाउन कम्पनीले धेरै मिहिनेत गरेको देखिन्छ । एक्टेरियरको लम्बाई सार्प क्यारेक्टर लाइन रहको छ । नयाँ स्वीफ्टको रिफ्रेस फ्रन्ट ग्रिल डिजाइनका साथै फ्रन्ट चीनमा सिल्भर फिनिस थपिएको छ ।
यसको बम्परमा स्पोर्टी डिजाइन र साइडको क्यारेक्टर लाइन रिभाइज्ड टेलल्याम्पसम्म दिइएको छ । नेक्स्ट जेनरेशन स्वीफ्टलाई थप स्पोर्टी देखाउन यसको अलोय ह्वीलको डिजाइन समेत परिवर्तन गरिएको छ ।
नयाँ स्वीफ्टको ड्यासबोर्ड फ्रङ्स र ब्रेजाको जस्तै व्ल्याक र ग्रे कलरको समिश्रणमा बनेको छ । यसमा पनि ९ इन्चको टचस्कृन इन्फोटेन्मेन्टको साथै स्टेरिङ ह्वील र एसी कन्ट्रोलका सुइचहरु समान देखिएको छ ।
सुजुकीले स्वीफ्टमा ड्राइभिङ पफर्मेन्स र माइलेज राम्रो बनाउन इन्जिनलाई केही ट्यून गरेको अनुमान गरिएको छ । यसमा १.२ लिटर, फोर सिलीण्डर पेट्रोल इन्जिन दिएको छ । जसले ९० हर्सपावर तथा ११३ न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । यो कारमा ५ स्पीडको म्यानुअल गियरबक्स र ५ स्पीडकै एएमटी गियरबक्स रहनेछ ।

