मासिक २३ हजार किस्तामै किन्न सकिन्छ ‘फुल अप्सन टियागो ईभी’

tiago emi

काठमाडौं । टाटाको सफल ह्याचव्याक कार टियागोको विद्युतीय भर्सन निकै सफल मानिन्छ । टाटाको फ्यामली ह्याचव्याकको पहिचान बनाएको टियागो अहिले विद्युतीय भर्सनमा पनि उपलब्ध भएको हो ।

सिप्रदी ट्रेडिङले नेपालमा बिक्री गर्दै आएको टियागो ईभी अहिले विभिन्न ५ भेरियन्टमा बिक्री गर्दै आएको छ । दुई मोटर अप्सन र दुई ब्याट्री अप्सनमा आएको टियागोको सबैभन्दा टप भेरियन्ट एक्सजेड प्लस लग्जरी टेक हो ।

सिप्रदीले लङ रेन्ज भएको टियागो ईभीको टप भेरियन्टको मूल्य २७ लाख ९९ हजार रुपैयाँ तोकेको छ । विद्युतीय कारमा २० प्रतिशत डाउन पेमेन्ट गर्दा बाँकी रकम कर्जा लिएर गाडी किन्न सकिने ब्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । तर, यसरी २० प्रतिशत मात्रै डाउन पेमेन्ट गरेर ईभी किन्दा कर्जा रकम धेरै भई ब्याज धेरै तिर्नु पर्ने हुन्छ ।

त्यसैले ब्यक्तिले गाडी किन्दा सकभर ५० प्रतिशत रकम डाउन पेमेन्ट गर्न सकेको खण्डमा मासिक किस्ता पनि कम पर्ने र ब्याज पनि कम तिर्दा पुग्ने हुन्छ । पेट्रोल कारमा पनि अनिर्वाय ५० प्रतिशत डाउन पेमेन्ट बुझाउनु पर्ने ब्यवस्था गरिएको छ ।

५० प्रतिशत डाउन पेमेन्टमा मासिक किस्ता कति ?

टाटा टियागो ईभीको फुल अप्सन गाडी किन्ने ब्यक्तिले मूल्यको ५० प्रतिशत प्रतिशत डाउन पेमन्ट गर्दा सुरुमा आफुसँग १३ लाख ९९ हजार ५०० रुपैयाँ हुनुपर्छ । त्यसपछि त्यति नै रकम बैंकबाट कर्जा लिन सकिन्छ ।

यसरी लिने कर्जा ७ वर्ष भित्र चुक्ता गर्नु पर्ने हुन्छ । अहिले बैंकहरुले ईभी किन्ने ग्राहकलाई १०.५ प्रतिशत हाराहारीमा कर्जा सुविधा दिइरहेका छन् । यसरी किन्दा मासिक २३ हजार ६०० रुपैयाँ हाराहारी किस्ता तिर्दा पुग्छ ।

२० प्रतिशत डाउन पेमेन्टमा

२० प्रतिशत डाउन पेमन्ट गर्दा मासिक किस्ता धेरै पर्न जान्छ । तर, डाउन पेमेन्ट गर्न १४ लाख नहुनेलाई गाडीको आवश्यकता पुरा गर्न सहज हुन्छ । २० प्रतिशत मात्रै डाउन पेमेन्ट गर्दा ५ लाख ५९ हजार ८०० रुपैयाँ डाउन पेमन्ट गर्दा पुग्छ ।

थोरै डाउन पेमेन्टमा किन्दा २२ लाख ३९ हजार २०० रुपैयाँ कर्जा लिनु पर्ने हुन्छ । उक्त रकम अहिले १०.५ प्रतिशत ब्याजदरमा लिँदा ७ वर्षसम्म मासिक ३७ हजार ७६० रुपैयाँ तिर्नु पर्छ ।

यस्तो छ टियागो ईभी

टाटा टियागो ईभीको फुल अप्सन भेरियन्टमा २४ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री दिइएको छ । यसलाई कम्पनीले लङ रेन्ज मोडल भन्छ । यसमा ४९ किलोवाट आवरको ब्याट्री उपलब्ध छ । कम्पनीको दावी अनुसार यसले ३१५ किलोमिटर रेन्ज दिन्छ ।

टियागो डीसी फास्ट चार्जर सपर्टो गर्ने कार हो । यसलाई डिसी चार्जरले चार्ज गर्दा जम्मा ५७ मिनेटमा १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । सामान्य होम चार्जरले चार्ज गर्दा भने फुलचार्ज गर्नका लागि ८ घण्टा लाग्ने कम्पनीको भनाई छ ।

टियागोले जम्मा ५.७ सेकेण्डमा ६० किलोमिटर प्रतिघण्टाको गति भेट्टाउन सक्छ । यसमा सिटी र स्पोर्टस गरी दुई ड्राइभ मोड पाउन सकिन्छ । टियोगोमा ४ लेबलको रिजेनेरेसन ब्रेकिङ मोड छ ।

टाटाले यो ह्याचव्याकमा ४५ थरी फिचर रहेको जी–कनेक्ट स्ट्याडर्ड फिचरको रूपमा रहेको छ । एप्पल कारप्ले र एन्ड्रोइड अटो फिचर कनेक्टिभिटी, ७ इन्चको हर्मन इन्फोटेन्मेन्ट सिस्टम र ८ वटा स्पीकर यसमा पाउन सकिन्छ ।

टियागो ईभीमा लेदरेटेड सिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेनसेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प, इलेक्ट्रीक ओआरभीएम, क्रुज कन्ट्रोल, कुल्ड ग्लोवबक्स, पुस बटम स्टार्ट स्टप जस्ता फिचरहरू रहेका छन् ।


Back_to_top