एनपीएल हेरेर फर्किन निःशुल्क बस संचालन हुने, यी ४ रुटमा चल्ने

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) एनपीएल खेल हेर्न आउने महिला, वृद्ध, र अशक्तका लागि काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा संचालन हुने भएको छ।

युवा तथा खेलकुद मन्त्रालय र नेपाल क्रिकेट संघको पहलमा यस्तो सुविधाको व्यवस्था गरिएको हो ।

खेलकुदमन्त्री बब्लु गुप्ताले क्रिकेट हेरेर फर्किने समय राति हुने भएकाले आफ्नो सवारी साधन नहुने  महिला, वृद्ध, र अशक्तका लागि लागि निःशुल्क बस सेवा सुरू गरिएको जानकारी दिएका छन् ।

उनका अनुसार निःशुल्क बससेवा आजदेखि खेल अवधि (मंसिर २७ गते)सम्म बेलुकी ६ देखि ८ बजेसम्म उपलब्ध हुनेछ ।

निःशुल्क बससेवा काठमाडौंको चार रुटमा संचालन हुनेछ । यस्तो छ रुट

रुट १ : टीयू गेट-स्वयम्भू-बालाजु

रुट २ : टीयू गेट-स्वयम्भू-बालाजु-महाराजगञ्ज

रुट ३ : टीयू गेट-बल्खु-कालिमाटी-थापाथली-बनेश्वर-तीनकुने-गौशाला-चाबहिल

रुट ४  : टीयू गेट-बल्खु-सातदोबाटो-कोटेश्वर


Back_to_top