काठमाडौं । बायुसेवा संचालक संघले आन्तरिक उडानको फ्यूल सर्च चार्ज समायोजन गरेको छ ।
आज संघले एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएकोले यसअघि लाग्दै आएको हवाई भाडामा समायोजन गरेको जनाएको छ ।
संघले जुन अनुपातमा हवाई इन्धनको मूल्य घटेको छ । त्यही अनुपातमा हवाईभाडा घटाउने निर्णय गरेको जनाएको हो । संघले निर्धारण गरेको नयाँ फ्यूल सर्च चार्ज नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आज जेठ २५ गते आइतबार अनुमोदन भइ आएकाले नयाँ फ्यूल सर्च चार्ज कायम गरिएको विज्ञप्तीमा उल्लेख छ ।
यस्तो छ फ्यूल सर्च चार्ज

नोटः यो भाडा दर होइन प्रतिव्यक्ति इन्धन खर्च शुल्क हाे ।


