काठमाडौं । हामीले दिन बिराएर जस्तो कहीँ न कहीँ, कुनै न कुनै सडक दुर्घटना भएको समाचार पढ्छौँ। पछिल्ला केही दिनमा मात्रै हामीले बझाङबाट फर्कँदै गरेको जन्ती बोकेको बस दुर्घटना वा तामाकोसीमा बस खसेको समाचारहरू पढ्यौं । कहिले कहिले त दुर्घटनाका यति धेरै समाचार आउँछ कि यस्तो खालको समाचार हाम्रो ध्यान पनि जाँदैन ।
यी दुर्घटनाले नागरिकहरूको ज्यान यति धेरै सस्तो भएको जस्तो बनाएको छ । प्रत्येक दिन सडक दुर्घटनामा औसतमा सात जनाको मृत्यु हुन्छ । हाम्रो ग्रार्हस्थ उत्पादनमा करिब ३ प्रतिशतको क्षति छ । दुर्घटनाको यत्रो ठूलो मानवीय क्षति छ । यत्रो ठूलो यसको आर्थिक क्षति छ, सामाजिक क्षति छ ।
अर्काेतिर, हामीले मापन नगरेको सास्ती हेर्यौं भने, त्यसको झन् ठूलो कथा छ । सहरमै पनि कुनै पनि व्यक्तिले सार्वजनिक यातायात चढेर आनन्दले म हिँडडुल गर्छु भनेर सोच्न सक्दैन। अबेर राति म सार्वजनिक यातायात चढेर घर फर्कन्छु भनेर सोच्न सक्दैन।
ट्राफिक जाम, यसले ल्याउने अस्तव्यस्तता, दैनिकिमै पार्ने अप्ठ्यारोहरू छँदै छ। यति धेरै कुराहरू हामीले व्यहोर्नु परेको छ । यी सतहमा देखेका कुरा भए । यसको समस्या वास्तवमा संरचनागत छ।
हामीले यातायातको क्षेत्रलाई जसरी संचालन गर्नुपर्ने, नियम कानुनहरू जसरी बनाउनुपर्ने हो, यो क्षेत्रसँग सम्बन्धित अरू कुराहरू जसरी लिए जानुपर्ने हो, वर्षाैँदेखि हामीले त्यसमा कामै गरेनौं । जसले गर्दा यति धेरै बेथितिहरू हुन पुगे ।
मैले २०७० सालमा सांसद भइसकेपछि काठमाडौंमा ‘लिभेबल काठमाडौ’ भनेर एउटा क्याम्पेन सुरू गरेको थिएँ । जसको केन्द्रमा काठमाडौंको सार्वजनिक यातायात प्रणाली कसरी सुधार्ने भन्ने थियो। काठमाडौंको एउटा व्यक्ति एक ठाउँबाट अर्काे ठाउँमा आफ्नो निजी गाडी चढेर होइन, सार्वजनिक यातायात चढेर । तर, निजी गाडीभन्दा छिटो कसरी पुर्याउन सकिन्छ भन्ने मेरो मूल योजना थियो ।
हामीले यातायातको क्षेत्रलाई जसरी संचालन गर्नुपर्ने, नियम कानुनहरू जसरी बनाउनुपर्ने हो, यो क्षेत्रसँग सम्बन्धित अरू कुराहरू जसरी लिए जानुपर्ने हो, वर्षाैँदेखि हामीले त्यसमा कामै गरेनौं । जसले गर्दा यति धेरै बेथितिहरू हुन पुगे ।
त्यसमा केही वर्ष पहल कदमी पनि गरेँ । र, पछिल्लो समयमा काठमाडौंमा सार्वजनिक यातायात प्राधिकरण बनाउने कानुन निर्माण गर्न पहल कदमी पनि लिएँ। सडक दुर्घटना कसरी घटाउन सकिन्छ होला भनेर संसदमा पनि पैरवी गरेँ।
तर, साँच्चिकै परिणाममुखी हुन सकेन। अब हिजो पैरवी गरेको पनि सम्झन चाहन्छु। अहिले आफूले अनुभव गरेको, अध्ययन गरेको र अरूबाट सिकेका यी सबै कुरा एक ठाउँ ल्याएर सार्वजनिक यातायातमा ठूलो सुधारको कार्ययोजना र प्रतिबद्धतासहित अगाडि आएका छौँ। यो क्षेत्रमा के गर्ने भन्ने स्पष्ट योजनासहित आएका छौँ।
पहिलो कुरा, अहिले नियमन गर्न ३१/३२ वर्ष पुराना कानुनहरू छन् । यसमा अहिलेको अवस्था अनुसार सुधार गर्नुपर्नेछ। हाम्रो सार्वजनिक यातायातलाई नियमन गर्ने ऐन कस्तो हुनुपर्छ भन्ने बारेमा हामीले मोडेल ऐन बनाएका छौं । पहिला गर्ने काम यही हो ।
यही ऐन भित्र एउटा शक्तिशाली प्राधिकरणको व्यवस्था गर्ने हो । जुन प्राधिकरणभित्र यातायात क्षेत्रको मजदुर, संचालक र सरकार पक्ष सबै पक्ष राख्ने । यो प्राधिकरणले पहिला रुट निर्धारण गर्छ। धनगढीमामा कसरी चलाउने, काठमाडौंमा कसरी चलाउने, पूर्व कसरी चलाउने । पूर्ण वैज्ञानिक ढंगले रुट निर्धारण गर्ने ।
त्यसपछि आवश्यक अन्य व्यवस्थाहरू गर्ने । स्रोतको अभाव हुँदै गर्दाए पब्लिक प्राइभेट पार्टनरशिप मोडेलमा जाने । अरू खालका फण्डिङ मेकानिज्महरू अपनाउने । यस सन्दर्भमा हामीले अध्ययन गरेका छौं ।
हामीले रोड सेफ्टीलाई एकदमै ठूलो प्राथमिकता दिनुपर्छ । यसको एउटा कार्ययोजना छ । तर, कार्यान्वयन एकदम फितलो छ । सडक सुरक्षको काम एउटाले मात्र गर्छु भनेर हुँदैन । यसमा स्थानीय सरकार, स्थानीय निकायहरू आउनुपर्छ ।
अर्काे महत्त्वपूर्ण कुरा भनेको काठमाडौं जस्तो ठूल्ठूला सहरहरूमा मास ट्रान्जिटलाई हामे यातायात प्रणालीको केन्द्रमा राख्नुपर्छ। एकीकृत टिकेटिङ प्रणाली आलम्बन गर्नुपर्छ । पार्टनरशिपमै सार्वजनिक यातायात चलाउने ।
काठमाडौंमा अहिले नै एउटा प्राधिकरण छ । एउटा महानगरपालिकाले एउटा, अर्काे महानगरपालिकाले अर्काे गरेर ठूला सहरमाहरूमा सार्वजनिक यातायात चल्नै सक्दैन। यसलाई एकै ठाउँमा ल्याउनुपर्छ । टिकट प्रणाली एउटै बनाउनुपर्छ। रुटको सिस्टमलाई एकीकृत गर्नुपर्छ ।
त्यस्तै, हामीले रोड सेफ्टीलाई एकदमै ठूलो प्राथमिकता दिनुपर्छ । यसको एउटा कार्ययोजना छ । तर, कार्यान्वयन एकदम फितलो छ । सडक सुरक्षको काम एउटाले मात्र गर्छु भनेर हुँदैन । यसमा स्थानीय सरकार, स्थानीय निकायहरू आउनुपर्छ । स्वास्थ्य मन्त्रालय आउनुपर्छ । यसलाई एउटा प्याकेजमा अघि बढाउनुपर्छ । जस्तो ट्रामा सेन्टर कहाँ खोल्ने, लेन अनुशासन कसरी कायम गर्र्ने, विद्यालयका विद्यार्थीलाई सडक दुर्घटनाका कुरा ‘वे अफ लाइफ’ कसरी बनाउने, दुर्घटना कसरी घटाउने लगायत एउटै योजना बनाएर काम गर्नुपर्छ ।
अर्को महत्वपूर्ण कुरा भनेको प्रविधिको प्रयोग । सडक दुर्घटना कम गर्न, सार्वजनिक यातायात क्षेत्रमा व्यापक सुधार गर्न, नागरिकलाई सजिलो बनाउन प्रविधिको प्रयोग गर्नैपर्छ । प्रविधिलाई लग्जरी ठान्नुहुन्न, यसको व्यापक प्रयोग गर्नुपर्छ ।
त्यस्तै, अर्को गर्नुपर्ने काम हो, यातायात क्षेत्रमा आबद्ध श्रमिकलाई सामाजिक सुरक्षाको छाताभित्र लैजाने र पेशालाई मर्यादित बनाउने । यो पेसालाई मर्यादित बनाउन सके मात्रै अनुशासित हुन्छ। अनुशासित हुँदा दुर्घटना न्यूनीकरण र सार्वजनिक यातायात लोभलाग्दो बनाउन सकिन्छ भन्ने अध्ययनहरूले पनि देखाएको छ । यी लगायतका यस्ता थुप्रै कामहरू हामीहरू गर्न चाहन्छौँ, जसको हामीले लिपिबद्ध र क्रमबद्ध गरेका छौँ।
सम्पन्न मान्छे पनि सार्वजनिक यातायात चढ्ने अवस्था बनाउन सक्नुपर्यो । कमजोर मान्छेले वा आर्थिक क्षमता कम भएकाले पनि जबरजस्ती निजी सवारी चढ्नुपर्ने बाध्यता जुन हामी बनाउन खोज्दैछौँ, यो विकासको मोडल ठीक छैन ।
हाम्रो सहरहरूमा चिल्ला सडकहरू मात्रै बनाउने होइन, यो नागरिकमैत्री हुनुपर्छ। हामीले सडकहरू बनायौँ, तर सडकमा जताततै ठूला गाडीहरू मज्जाले दौडेको हेर्दैनौं । हाम्रो सहरहरूको डिजाइन गर्ने तरिकै फेर्नुपर्नेछ। सहर कार सेन्ट्रिक होइन, नागरिक सेन्ट्रिक हुनुपर्छ। कहीँ नयाँ सहरहरू बन्दैछ भने त्यहाँ पहिला सडकमा नागरिक हिँड्छ भन्ने सोच्नु पर्यो ।
नागरिकभित्र पनि पहिलो प्राथमिकता फरक क्षमता भएका ज्येष्ठ नागरिक, केटाकेटीहरू राख्नुपर्यो । त्यसको लागि फुटपाथ बनाउनु पऱ्यो। फुटपाथ बनाएपछि सम्भव हुन्छ भने साइकल लेन । अनि मास ट्रान्जिट । त्यसपछि बल्ल निजी सवारी कुद्ने भनेर सोच्यौँ भन कसैको पनि प्राथमिकतामा निजी सवारी पर्दैन ।
सम्पन्न मान्छे पनि सार्वजनिक यातायात चढ्ने अवस्था बनाउन सक्नुपर्यो । कमजोर मान्छेले वा आर्थिक क्षमता कम भएकाले पनि जबरजस्ती निजी सवारी चढ्नुपर्ने बाध्यता जुन हामी बनाउन खोज्दैछौँ, यो विकासको मोडल ठीक छैन ।
हामीले सार्वजनिक यातायात बारे सोच्ने तरिका बदल्नु पर्नेछ। हामी सिंगो नेपालको सार्वजनिक यातायात कसरी ठीक बनाउने भन्ने एउटा सोचाइका साथ आएका छौँ। किनकि हामी यात्रालाई सास्ती होइन, आनन्द र अधिकारको विषय हो भन्ने स्थापित गर्न चाहन्छौँ।
नोट : नेपाली काँग्रेस सभापति थापाले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सामाजिक संजालमा पोष्ट गरेको भिडियोको सम्पादित अंश ।

