ग्लोबल बैंकको अटो कर्जा अनलाइनबाटै, ईभीलाई थप सस्तो ब्याजदर

काठमाडौं । ग्लोबल आइएमई बैंकले अनलाइन मार्फत नै गाडी कर्जाको आवेदन दिन सकिने बनाएको छ । बैंकले ऋण लिन इच्छुक ग्राहकलाई शाखामा पुग्न नभ्याए अनलाइन मार्फत आवेदन दिन ुसकिने बनाएको हो ।

बैंकले अलिहे गाडी किन्न कर्जा चाहिने ग्राहकलाई १०.९९ प्रतिशत ब्याजदरमा ७ वर्षसम्मको स्थीर ब्याजदर कायम गरेर कर्जा सुविधा उपलब्ध गराउने जनाएको छ । बैंकका अनुसार २१ वर्ष पूरा भई ७० वर्ष ननाघेका जो कोही नेपाली नागरिकले उक्त गाडी कर्जा सुविधा पाउने छन् । तर, ऋण लिने ग्राहकको नियमित आम्दानीको स्रोत र राम्रो क्रेडिट इतिहास भएको हुनुपर्नेछ ।

ग्लोबल बैंकले विद्युतीय सवारी साधन (ईभी)का लागि १०.४९ प्रतिशत ब्याजमै ऋण उपलब्ध गराउने जनाएको छ । गाडीको मूल्यका आधारमा बैंकले ईभीमा मूल्यांकनको ८० प्रतिशतसम्म र इन्धन गाडीको हकमा ५० प्रतिशतसम्म ऋण दिनेछ ।


Back_to_top