जिलीले ल्यायो सबैभन्दा सस्तो इलेक्ट्रीक ह्याचव्याक

काठमाडौं । जिलीको जिओमी ब्राण्डमा ‘जिङयूआन’ ह्याचव्याक सार्वजनिक भएको छ । सम्भवत सबैभन्दा सस्तो कम्प्याक्ट ह्याचव्याक सेग्मेन्टमा उपलब्ध जिओमी जिङयूआनको मूल्य ९ हजार ९०० डलरबाट सुरु भएर टप भेरियन्टको मूल्य १४ हजार डलर तोकिएको हो ।

निकै आकर्षक डिजाइनमा तयार भएको जिओमी ह्याचव्याक ‘स्माइल’ थेममा तयार भएको कार हो । यसको लम्बाई ४१३५ एमएम, चौडाई १८०५ एमएम र उचाई १५७० एमएम रहेको छ ।

जिलीले यसमा ५८ किलोवाट क्षमताको मोटर दिएको छ । उक्त मोटरले १३० एनएम टर्क प्रदान गर्छ । सानो मोटरलाई पावर दिन ३०.१२ किलोवाट आवर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री दिइएको छ ।

यसमा अर्को ८५ किलोवाट क्षमताको मोटर दिइएको छ । उक्त मोटरले भने १५० एनएम टर्क दिन्छ । यसमा ४०.१६ किलोवाट आवरको ब्याट्री छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ४१० किलोमिटर रेन्ज दिने सीएलटीले प्रमाणित गरेको छ । कम्पनीले यसमा ‘जिली सेन्डम ब्याट्री सेफ्टी सिस्टम’ दिएको छ ।

पाँच जनाले आरामदायी यात्रा गर्न मिल्ने ह्याचव्यालाई ३.३ किलोवाटको एसी र ८० किलोवाटसम्मको डिसी फास्ट चार्जर सपोर्ट गर्छ । सुरक्षाको लागि एडास २.० फिचर उपलब्ध कारमा थुप्रै आधुनिक फिचर छन् ।

८.८ इन्चको इन्ट्रुमेन्ट क्लष्टर, मल्टीफङ्गशनल स्टेरिङ ह्वील, १०.१ र १४.६ इन्चको स्कृन उपलब्ध छ । हाइकार कनेक्सन, ५० वाटको वायरलेस चार्जर, २५६ किसिमको २५६ कलर एम्बियन्ट लाइट, किलेस इन्ट्री, चार स्पीकर, ६ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट दिइएको छ ।


Back_to_top