सुुजुकीले आफ्नो दुईपाङ्ग्रे मोटरसाइकल जिक्सर-२५० सार्वजनिक गर्ने तयारी गरेको छ । कपनीले ४ महिनापछि २०१९ को अप्रिलमा जिक्सर-२५०लाई बजारमा उतार्ने तयारी गरेको हो ।
सुरक्षालाई मध्यनजर गर्दै जिक्सरमा डियुल च्यानल स्टान्र्डड एबीएसको विशेषता समेटिएको छ । साथै, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ । यसमा उपलब्ध सिंगल सिलिन्डर फ्युल इन्जेक्टेड २५० सीसी इन्जिनले २० बीएचपी पावरका साथै २० एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ । साथै, यसको इन्जिनमा ६ स्पिड ट्रान्समिसन लगाइएको छ ।
सुजुकी जिक्सरमा रेगुलर मोडलमा प्रयोग भैरहेको टेलिस्कोपिक फ्रन्ट दिइएको छ भने, महङ्गो युएसडी सेटअप र मनोशक रियर सन्पेन्सन लगाइएको छ ।
कम्पनीले इन्ट्री लेभल प्रिमियम मोटरसाइकलको बजारलाई ध्यानमा राख्दै यो मोटरसाइल निर्माण गरेको जनाएको छ । विशेषत, मोटरसाइकल प्रेमी युवापुस्तालाई मध्यनजर गर्दै कम्पनीले नयाँ उत्पादनमा जोड दिइरहेको छ ।
यमाहाले २०१७ मा आकर्षक मूल्यसहित सोही सेग्मेन्टको एफजेड २५ बजारमा ल्याएको थियो । सुजुकीले प्रिमियम मोटरसाइकलको मागलाई आधारमान्दै सार्वजनिक गर्ने भएको जिक्सर २५० ले राम्रो बजार पकड्ने विश्वास लिएको छ ।
यसको नेपाली बजारमा आउँदा ४ लाख रुपैयाँ हाराहारीमा मूल्य पर्ने अनुमान लगाउन सकिन्छ । यसले बजारमा यमाहा एफजेड–२५, बजाज पल्सर एनएस–२०० जस्ता मोडलसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

