बजाज अटोका म्यानेजिङ डाइरेक्टर राजीव बजाजले डिस्कभर १०० सार्वजनिक गर्नु आफ्नो ठूलो भूल भएको बताएका छन् । राजीवले त्यो कदमलाई आफ्नो जीवनकै सबैभन्दा ठूलो गल्ती भएको बताएका हुन् ।
कम्पनीले डिस्कभर मोडलमा सन् २००५ को अन्त्यमा १२५ सीसी इन्जिन दिइएर बजारमा आएको हो । त्यस्तै, सन् २००७ मा १३५ सीसी इन्जिन दिइएको भेरियन्ट बजारमा आयो ।
डीटीएस–एसआई इन्जिन युक्त १०० सीसी डिस्कभर सन् २००९ मा बजारमा आएको थियो । उक्त कामलाई राजीवले आफ्नो सबैभन्दा ठुलो गल्ती भएको भनेका छन् ।
उनका अनुसार, उक्त गल्तीका कारण बजाजले मूख्य ब्रान्डको दोस्रो स्थानमा पर्नुपरेको छ । ‘डिस्कभर १२५ को सफलताले उत्साहित भएर १०० सीसी सेग्मेन्ट बजारमा ल्याउँदा त्यसको असर दुबैमा परेको हो’ राजीवले भने ।

