बजाजले आफ्नो नयाँ मोडल पल्सर २२० लाई सार्वजनिक गर्ने तयारी गरेको छ । मिडिया रिपोर्टका अनुसार, कम्पनीले यस बाइकलाई सन् २०१९ मा बजारमा ल्याउनेछ ।
कम्पनीले यो बाइकमा एक्सेलेन्ट हेडल्याम्प, पावरफुल इन्जिनलगायतका फिचरहरु प्रदान गरेको छ । बजाज पल्सर २२० मा कम्पनीले एबीएस सिस्टम प्रदान गरेको छ । सिंगल च्यानल एबिएस सिस्टमले लिप्स र वाउन्डको सहयोगमा ब्रेकिङमा सुधार गर्नेछ । पल्सर २२० मा पावरफुल ब्रेक दिइएको छ, जसमध्ये फ्रन्ट डिस्क ब्रेकले सहजै बाइकलाई नियन्त्रणमा राख्न सघाउने छ ।
पल्सर २२० मा भारत इमिसन स्टाडर्ड ६ अनुसारको इन्जिन दिइएको छ । यसमा दिइएको इन्जिनले २१ पीएस पावर र १८.५ एनएम टर्क जेनेरेट गर्छ ।
पल्सर २२० मा डुयुल डिस्क सेटअप, ग्यास चार्ज्ड रियर शक एब्जर्बर, सेमी—डिजिटल स्पीडो कन्सोल, ब्याकलीट स्विच गियर, स्प्लिट सिट तथा एक्सेलेन्ट प्रोजेक्टर हेडल्याम्पलगायतका फिचरहरु उपलब्ध छन् ।
पल्सर २२० बजाजको पल्सर लाइनअपमा सबैभन्दा धेरै विक्री हुनेमध्ये पर्ने बाइक हुने अनुमान गरिएको छ ।


