इलेक्ट्रीक फाईटः कोना एसयूभी भर्सेज लिफ ह्याचव्याक, कुन आउला नेपाल पहिला ?

काठमाडौं । जापानी अटो उत्पादक कम्पनी निशानले सन् २०१०मा लिफ मोडल बजारमा ल्याएको थियो । कम्पनीले यही वर्ष लिफको दोस्रो जेनेरेसनमा आधारित ह्याचब्याक इलेक्ट्रीक मोडल बजारमा ल्याएको थियो । 

पछिल्लो दिनमा सर्वाधिक बिक्री हुने मोडलमा परेको निशान लिफको बिक्रीमा एसयूभी क्रेजका कारण केही कमी आउने दखिन्छ । दक्षिण कोरियाली अटो जाइन्ट कम्पनी हुन्डाईले कोना इलेक्ट्रीकलाई एसयूभीको रुपमा अन्तर्राष्ट्रिय बजारमा उतारेको छ । 

अहिले युरोपियन बजारमा निशान लिफ र हुन्डाई कोनाबीच कडा प्रतिस्पर्धा सुरु भइसकेको छ । हुन्डाई कोना ईभीमा ३९ किलोवाट ब्याट्रीको प्रयोग गरिएको छ भने यसको मूल्य अन्तर्राष्ट्रिय बजारमा ३४ हजार ९ सय ८७ डलर तोकिएको छ । उहि निशान लिफमा ४० किलोवाट ब्याट्री प्याकको प्रयोग गरिएको छ । यसको मुल्य ३५ हजार ६ सय ५२  डलर रहेको छ ।

अटो एक्सप्रेशका अनुसार रेगुलर निशान लिफले १४७ एचपी  पावर उत्पादन गर्छ भने, हुन्डाई कोनाले १३४ बिएचपी पावर  उत्पादन गर्छ । पावरको मामलामा निसान लिफ कोना भन्दा पावरफुल रहेको छ ।

निशान लिफले ० देखि ६० किलोमिटरको रफ्तार पकड्न ७.८ सेकेन्ड समय लगाउँछ भने कोनालाई सोही दुरी पार गर्न ८.७ सेकेन्ड समय लाग्छ । एकपटकको फुलचार्जमा हुन्डाई कोनाले २८० किलोमिटरको रेन्ज प्रदान गर्छ भने, निशान लिफले २३० किलोमिटर माइलेज दिन्छ । यसरी हेर्दा माइलेजमा कोना उत्कृष्ट रहेको छ । 

त्यस्तै, लिफको टपस्पीड क्षमता १६८ किलोमिटर प्रतिघन्टा रहेको छ भने, कोना इलेक्ट्रीकको टपस्पीड १ सय ९४ किलोमिटर रहेको छ । 

तुलनात्मक रुपमा हेर्दा हुन्डाई कोना इलेक्ट्रीकको क्याविन लिफकोभन्दा उत्कृष्ट रहेको छ । कोनामा आकर्षक इन्फोटेनमेन्ट सिस्टम दिइएको छ ।

समग्रमा हेर्दा निशान लिफ ह्याचव्याक ईभी हो भने, हुन्डाई कोना इलेक्ट्रीक एसयूभी हो । 

नेपालमा कुन पहिला ?

हुन्डाईले कोना ईभीको नेपाली बजारमा पहिला आउने संभावना रहेको छ । हुन्डाईको नेपालको लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालि स्रोतका अनुसार कोना नेपाली बजारमा आउने पक्का भैसकेको छ । तर, कहिले आउँछ भन्ने विषयमा भने केही जनाइएको छैन ।

निशान लिफको विषयमा अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन ।


Back_to_top