गत हप्ता अन्तर्राष्ट्रिय मिडियामा चर्चाको शिखरमा रहेका कार्लोस गोसन सन् १९५४ मा ब्राजिलमा जन्मेका हुन् । गोसनको परिवार लेवनानबाट ब्राजिलमा आप्रवासीको रुपमा भित्रिएको थियो । हाल उनी फ्रेन्च नागरिक हुन् । निशान मोटर्स जापान, रेनो मोटर्स फ्रान्स, मित्सुबिसी मोटर्स जापान तथा रेनो–निशान–मित्सुबीसी एलायन्सका चियरम्यान तथा रेनो मोटर्स र रेनो–निशान–मित्सुबीसी एलायन्सका सीईओको जिम्मेवारी समालिरहेका छन् ।
विश्वको अटो इन्डष्ट्रिलाई राम्रोसँग बुझेका गोसनलाई ‘ ले कस्ट किलरको’ उपनामले चिनिन्छ । घाटामा गएको कम्पनीको प्रमुखको कमान समालेर टर्न- अराउण्ड गर्ने क्षमता भएका गोसनलाई समस्यामा परेका कम्पनीहरुको जिम्मेवारी दिने गरिएको छ ।
मात्र ३० वर्षको उमेरमा गोसनलाई मिचेलीनीको ब्राजीलमा रहेको कम्पनीमा समस्या आएपछि उत्पादन र अप्रेसन हेर्नेगरि चिफ अपरेटिङ्ग अफिसरको जिम्मेवारीमा पठाएको थियो ।
उनले जापनीज अटो कम्पनी निशान र फ्रेन्च अटो कम्पनी रेनोलाई बैकरप्सी हुनबाट जोगाएर नाफामा पुर्याएका थिए । उनी जापनीज अटो कम्पनीको पहिलो गैरजापनीज प्रमुख भएका ब्यक्ति हुन् ।
गोसनले आफ्नो क्यारियर एयरलायन्स कम्पनीबाट सुरु गरेका थिए । उनि आफ्नाे कामको क्रममा एक वर्षमा १ लाख ५० हजार माईलसम्मको यात्रा गर्ने गरेका छन् । विश्वका प्रमुख चार फरक भाषा बोल्न सक्ने गोसन जापनीज भाषामा पनि पोख्त रहेका छन् ।
६ वर्षको उमेरमा उनकी आमाले गोसनलाई लेवनान फर्काएकी थिइन् । लेबननमा उनले जुजको क्याथोलीक अर्डरले संचालन गरेको टप फ्लाइट स्कुलमा शिक्षा लिएका थिए । उनले त्याहाँ राम्रो अध्ययन गरेपछि थप अध्ययनका लागि फ्रान्सको इन्जिनीयरिङ्ग स्कुल गएका उनले बाल्यकालदेखि नै विभिन्न देशका फरक फरक कल्चरको ज्ञान लिने मौका पाएका थिए ।
शिक्षा र ब्यवसायीक क्षेत्रमा प्रबेश
गोसनले फ्रान्समा सन् १९७४ र १९७८ मा दुईवटा इन्जिनियरिङ्ग डिग्री हासिल गरेका थिए । उनको अटो क्यारियर फ्रेन्च टायर कम्पनी मिचेलीनीमा ट्रेनीबाट सुरु भएको थियो ।

सन् १९८० मिचेलीनीमा रिसर्च हेडको जिम्मेवारीमा पुगिसकेका थिए । मात्र ३० वर्षको उमेरमा गोसनलाई मिचेलीनीको ब्राजीलमा रहेको कम्पनीमा समस्या आएपछि उत्पादन र अप्रेसन हेर्नेगरि चिफ अपरेटिङ्ग अफिसरको जिम्मेवारीमा पठाएको थियो ।
उक्त समय साउथ अमेरिकाको फाइनान्सीयल मार्केट समस्याबाट गुज्रीरहेको थियो । तर, गोसनले कुसलतापूर्वक मिचेलीनीको साउथ अमेरिकन अपरेसनलाई आेभरहलीङ्ग गरेर दुई वर्षमै नाफामा लग्न सफल भए जुन, उनको सधै ट्रेडमार्कको रुपमा स्थापित भयो ।
सीईओ तथा कम्पनीको अध्यक्षको रुपमा उदय
मिचेलीनीमा ट्रेनीबाट सुरु भएको उनको क्यारियर १४ वर्षपछि सन् १९८८ मा सोही कम्पनीको नर्थ अमेरिकाको प्रेसिडेन्ट तथा सीईओ बन्न सफल भए । सन् १९९० मा उनलाई कम्पनीको चियरम्यानको जिम्मेवारी दिईएको थियो ।
सन् १९९९ मा आफ्नाे यङ्ग ट्यालेन्टेड एक्जुकेटीभको विश्वासमा रेनोका मालिक लुइस सीजरले घाटामा रहेको जापनीज अटोमेकर निशानमा ७ बिलीयन डलर लगानी गरि ४४.४ प्रतिसतको सेयर किने
उक्त समय गोसनले अमेरिकी टायर मेकर यूनीरायल गोल्डरिचसँग मर्ज गराएर डिभिजनलाई डबल साईजको बनाउन सफल रहे । तर, फेमेली ओन मिचेलीनी उनले कन्टिन्यू गरिरहन भने सकेनन् ।
अटोमोवाईलमा इन्ट्री
मिचेलीनी छाडेपछि सन् १९९६ मा घाटामा संचालन भइरहेको फ्रेन्च अटोमोवाईल कम्पनी रेनोमा उनको इन्ट्री भएको हो । गोसनले रेनोमा व्यापक परिवर्तन गराए । बेल्जियममा संंचालन भईरहेको उत्पादन युनिटलाई बन्द गर्ने निर्णय लिए । जहाँ ३३ सय कामदार बेरोजगार भएका थिए । गोसनको प्रमुखकार्य भनेकै प्रभावकारी व्यबस्थापन गरेर अपरेसनलाई चुस्त बनाउँदै द्रुतगतिमा बिक्री बढाउनु थियो । सन् १९९२ मा फ्रेन्च सरकारको ८० प्रतिसत सेयर रहेको रेनो सन् २००० सम्म आईपूग्दा १६ प्रतिसत मात्र सेयर रहेको र पश्चिम युरोपको बेस्ट सेलिङ्ग ब्राण्ड बन्न सफल भयो ।

सन् १९९९ मा आफ्नाे यङ्ग ट्यालेन्टेड एक्जुकेटीभको विश्वासमा रेनोका मालिक लुइस सीजरले घाटामा रहेको जापनीज अटोमेकर निशानमा ७ बिलीयन डलर लगानी गरि ४४.४ प्रतिसतको सेयर किने र गोसनलाई टोकियोमा निसानको सिईओ बनाएर पठाए ।
निशानमा इन्ट्री
गोसन निशानमा जाँदा कम्पनी २० बिलीयन डलरको ऋणमा रहेको थियो । सो समयमा विगत ७–८ वर्षदेखि कम्पनी निरन्तर घाटामा थियो भने उत्पादन पनि विगत १० वर्षदेखि घट्दो क्रममा रहेको थियो । गोसन आफूलाई पनि उक्त कम्पनीमा सक्सेस हुन्छु जस्तो लागेको थिएन भन्छन् ।
उनको उक्त निर्णयले २१ हजार मानिसको रोजगारी गुमेको थियो । जुन काम जापनीज कम्पनीको लागि अनौठो कार्य थियो ।
निशानमा पहिलो वर्ष गोसनले कम्प्रिलीट रिस्ट्रक्चरिङ्ग प्लान बनाए । प्रतिस्पर्धी कम्पनी टोयोटा र होण्डाको भन्दा निशानको मोडल लाईन र टेक्नलोजी निकै पछि परेको कारण पत्ता लगाई उनले काम अगाडि बढाए ।
निशानले अधिक मात्रामा आफ्नाे कर्मचारीको जीवनयापनकालागि रोजगारी दिईरहेको थियो । उनले परम्परागत सोचाई विरुद्ध काम गरे र ५ वटा फ्याक्ट्री बन्द गरिदिए । उनको उक्त निर्णयले २१ हजार मानिसको रोजगारी गुमेको थियो । जुन काम जापनीज कम्पनीको लागि अनौठो कार्य थियो ।
उनले अन्य अटोकम्पनी तथा सप्लायरसँग रिलेसनसिपको नेटवर्कको विस्तार गरे । उनले कम्पनीको सेयर आफ्नो सप्लायर र पार्टनरहरुलाई बेचेर आधा कर्जा चुक्ता गरे । अन्त्यमा उनले इसुजु र रेनोबाट टप इन्जिनीयरहरुलाई निशानको पुर्नजन्म गराएका थिए ।
उनको लक्ष्य विश्वमा निसानको बिक्री १० लाख पूर्याउने तथा कम्पनीलाई ऋण मुक्त गरेर ८ प्रतिशत अपरेसन प्रोफिटमा लानु थियो ।
निशानमा विभिन्न भाषा बोल्ने कर्मचारीवीचको आपसी संचारलाई प्रभावकारी बनाउन उनले अंग्रेजी भाषालाई अफिशीयल भाषा बनाए । त्यतिबेला अंंग्रेजी सिक्ने म्यानेजरहरुलाई रिवार्ड गरेका थिए । उनले कम्पनीलाई पूर्ण रुपमा पश्चिमीकरण गरे र सन् २००० मा उनी जापनीज अटोमोवाईल कम्पनीमा पहिलो विदेशी चियरम्यान बन्न सफल भए ।

चियरम्यान भएपछि उनलाई जापनीज मात्र बुझ्ने सेयरहोल्डरहरुसँग काम गर्न निकै अफ्ठ्यारो भएको थियो । उनको त्यतिबेला परम्परागत जापनीज म्यानेजमेन्ट नजानेको भनेर व्यापक आलोचना पनि भयो । तर गोसनले कम्पनीको फाइनान्सीयल सुधारेर आफ्नो आलोचकहरुलाई राम्रो झापड हान्न सफल भए । झन्डै व्याकरप्सीमा पुगेको निशानलाई उनले केही वर्षमै नाफामुखी बनाउन सफल भए । कम्पनीको सेड्युलभन्दा अगाडिनै सन् २००१ मा २० प्रतिशत कस्ट घटाउन र २२ वटा नयाँ मोडल डिट्रोइट अटो सोमा देखाउन सफल भयो ।
सन् २००३ मा गोसनले महत्वाकांक्षी योजना ‘निशान १८०’ सार्वजनिक गरेको थियो । उनको लक्ष्य विश्वमा निसानको बिक्री १० लाख पूर्याउने तथा कम्पनीलाई ऋण मुक्त गरेर ८ प्रतिशत अपरेसन प्रोफिटमा लानु थियो ।
उनले व्यवस्थापन सम्हालेको ४ वटा कम्पनीबाट गत वर्ष १७ मिलीयन डलर पारिश्रमीक रुपमा पाएका थिए ।
उक्त लक्ष्य उनले निर्धारण गरेको समय अगाडिनै पुरा गरेका थिए । यसले जापानमा उनको ख्याति असाध्यै वृद्धि भएको थियो । जापानमा गरिएको एक सर्बेक्षणमा महिलाहरुले सबैभन्दा इच्छाएको पति तथा कमिक बुकहरुले हिरोको रुपमा उनलाई प्रस्तुत गरेका थिए । उनको दोस्रो घर लेबनानमा त उनलाई भविष्यको राष्ट्रपतीको क्यान्डिडेडको रुपमा लिएका थिए ।
रेनोको चेयरम्यान
सन् २००५ मा जुलीयस सिजरले रिटायरमेन्ट लिएपछि रेनोको पनि सम्पूर्ण जिम्मेबारी कार्लोस गोसनलाई नै सुम्पियका थिए । त्यसपछि गोसन पेरिस र टोकियो आफ्नाे प्राइभेट जेटमा यात्रा गर्न थाले । कहिलेकाहि उनि अमेरिका तथा अन्य मुलुकको बजारमा पनि उड्ने गर्छन् । गोसन अटो वर्डको आविष्कारक नभएता पनि कुशक व्यवस्थापकको रुपमा स्थापित भएका छन् ।
उनले व्यवस्थापन सम्हालेको ४ वटा कम्पनीबाट गत वर्ष १७ मिलीयन डलर पारिश्रमीक रुपमा पाएका थिए । तर गत हप्ता भने अटाे हव मानिने टोकियोमा उनलाई पक्राउ गरिएको छ । उनलाई कम्पनीको सम्पति व्यक्तिगत रुपमा चलाएको तथा फाइनल रिपोर्टमा लेखिएको भन्दा बढि पारिश्रमीक लिएको आरोप लागेको छ ।

