काठमाडौं । काठमाडौं महानगरपालीकाले उपत्यका बिभिन्न स्थानमा ब्रुमरको प्रयोग गरेर सडकमा रहेको धुलो सफागर्ने काम सुरु गरेको छ ।
उपत्यकामा पछिल्ला ४ वर्षदेखि धुलो र हिलोको समस्याले मानिसको जनजीवन नै अस्तबस्थ बनाएको छ । गत स्थानीय निकायको निर्वाचनको समयमा धुलोमुक्त काठमाडौं बनाउने मुद्दाले ठुलै महत्व पाएको थियो ।

महानगरपालीकाले अब भने ब्रुमरको प्रयोग गर्दै उपत्यका सफाईको काम सुरु गरेको छ । काठमाडौंको पुतलीसडक र पुरानो बानेश्वरबाट आज शनिवार बिहान ब्रुमरको प्रयोगबाट सडकको सरसफाई सुरु गरिएको छ ।
महानगरका अनुसार अब उपत्यका सडकमा रहेको धुलो ब्रुमरको प्रयोगबाट सफाई गरिने छ । त्यसकालागि आवस्यक पर्ने थप ५ थान ब्रुमर महानगरपालीकाले इटालीबाट खरिद गरेको छ ।

केही प्रकृयागत काम बाँकी रहेकाले ति ब्रुमर फागुनमा मात्रै काठमाडौं आईपुग्ने छन् । जेसीबीको व्याकहाे लाेडरमा ब्रुमरको कुच्चो लगाएर पानीले सडक धुँदै सफगर्ने कामको सुरुवात महानगरपालीकाले गरेको हो ।

