ब्याट्री उत्पादनमा सीएटीएल निकै अघि, बीवाइडी र एलजी प्रतिस्पर्धा गर्दै

काठमाडौं । न्यू इनर्जी भेहिकलको उच्च मागसँगै ब्याट्री उत्पादकहरुले पनि उत्पादन बढाउँदै लगेका छन् ।

सन् २०२६ को तीन महिनामा विश्वभर २४४.६ गिागवाट आवर हाइ भोल्टेज ब्याट्री उत्पादन भएको छ । जुन अघिल्लो वर्षको तीन महिनाको तुलनामा ९.१ प्रतिशतले वृद्धि हो ।

दक्षिण कोरियाको मार्केट ट्रयाकर एसएनइ रिसर्चका अनुसार चिनियाँ कमपनी सीएटीएलले निकै अगाडि देखिएको छ । सीएटीएलले कुल उत्पादनको ४०.७ प्रतिशत हिस्सा एक्लै ओगटेको देखिन्छ ।

दोस्रो स्थानमा रहेको बीवाइडीको बजार हिस्सा १३.७ प्रतिशत देखिएको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा बजार हिस्सा गुमाएको छ । अघिल्लो वर्षको पहिलो क्वाटरमा १६.२ बजार हिस्सा ओगटेको बीवाइडी अहिले केही कम भएको हो ।

तेस्रो स्थानमा दक्षिण कोरियाली ब्राण्ड एलजी इनर्जी सोलुसन छ । एलजीले भने अघिल्लो वर्षको तुलनामा ६.६ प्रतिशतले बजार वृद्धि गरेको हो । अहिले तेस्रो स्थानमा रहेको एलजी इनर्जीसँग ९.७ प्रतिशत बजार हिस्सा छ ।

अन्य ब्राण्डमा धेरै चिनियाँ

टप थ्रीमा रहेका बाहेक अन्य ब्याट्री उत्पादकमा पनि धेरै चिनियाँ कम्पनीहरु नै टप १० कम्पनीमा छन् । जसमा चिनियाँ कम्पनी गोसन हाइटेक ४.२ प्रतिशत बजार हिस्सा लिन सफल देखिएको छ ।

त्यसैगरी जापानी ब्राण्ड पानासोनिकसँग ३.७ प्रतिशत बजार हिस्सा छ भने दक्षिण कोरियाली दुई ब्याट्री उत्पादक एसके अन र सामसङसँग लगभग बराबर ३.७ प्रतिशत बजार हिस्सा छ ।

त्यसका अलावा चिनियाँ कम्पनीहरु ईभीइ इनर्जी, एसभोल्ट, सनवाडा लगायतका ब्राण्डले बजारमा प्रभाव जमाउँदै लगेका छन् ।


Back_to_top