जीपीएक्सकाे ‘रेजर २२०’ माेटरसाइकल नेपाली बजारमा, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । थाइल्यान्डको मोटरसाइकल उत्पादक कम्पनी जीपीएक्सको २२० सीसी क्षमताको ‘जीपीएक्स रेजर २२०’ नेपाली बजारमा बिक्री वितरण भइरहेको छ । जीपीएक्सका लागि नेपालको आधिकारीक बितरक ओमेगा अटोमोबाइल्स प्राइभेट लिमिटेडले नेपाली जीपीएक्स रेजर २२० को बिक्री वितरण सुरु गरेको हो । 

कम्पनीले उक्त मोटरसाइकल नाडा अटो शो २०१९ मा सार्वजनिक गरेको हो । नाडा अटो शो २०१९मा कम्पनीको मोटरसाइकल डोर प्राइजको रुपमा समेत राखिएको थियो । 

कम्पनीले नेपाली बजारमा १५० सीसी सेग्मेन्टमा डेमोन १५० र जीएन, २०० सीसी सेग्मेन्टमा लेजेन्ड २०० र जेन्टलम्यान २०० को समेत बिक्री वितरण गर्दै आएको छ । 

नयाँ आएको मोटरसाइकल जीपीएक्स रेजर २२० को नेपाली बजारमा मूल्य ४ लाख ९९ हजार ७०० रुपैयाँ तोकिएको छ । 

यसमा उपलब्ध २२३ सीसी ४ स्ट्रोक, सिंगल सिलिन्डर आयल कुल्ड इन्जिनले ८५०० आरपीएममा २१.८ बीएच पावर र ८००० आरपीएममा १८.३ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ६ स्पीडको गियर बक्स जडान गरिएको छ । यस मोटरसाइकलको उच्च गति १०८ किलोमिटर प्रतिघन्टा रहेको कम्पनीले जनाएको छ । 

यो मोटरसाइकलको लम्बाई २००० एमएम, चौडाई ८०० एमएम र उचाई ११०० एमएम रहेको छ भने सिट हाइट ८२० एमएम रहेको छ । यसमा १३४६ एमएमको ह्वीलवेस रहेको छ । यसको तौल १५० किलोग्राम रहेको कम्पनीले जनाएको छ ।

१७० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स रहेको यस मोटरसाइकलमा १२ लिटर क्षमताको इन्धन ट्यांकी जडान गरिएको छ भने, अगाडि र पछाडिको टायरमा डिस्क ब्रेक दिइएको छ । 

मोटरसाइकलमा अगाडि अपसाईड डाउन र पछाडि मोनो स्प्रिङ सस्पेन्सन दिइएको छ । मोटरसाइकलको हेड लाईट र टेल लाइट दुबै फुल एलइडी दिइएको छ । 


Back_to_top