काठमाडौं । विश्व प्रख्यात गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयलले दुई नयाँ शोरुम संचालनमा ल्याएको छ ।
नेपाल ल्युबले नेपालगञ्जमा र दाङमा नयाँ शोरुम संचालनमा ल्याएको हो । कम्पनीले नेपालगञ्जमा आधिकारक विक्रेता रवि टे«डर्स र दाङमा मध्य पश्चिम सप्लायर्समा नयाँ शोरुम संचालनमा ल्याएको हो ।
ती दुवै शोशोरुमको उद्घाटन नेपाल ल्युब आयलका अध्यक्ष अरुण चौधरीले गरे । ग्राहकलाइ उच्च सेवा प्रधान गर्न नयाँ शोरुमहरु संचालनमा ल्याइएको कम्पनीले जनाएको छ ।
अध्यक्ष चौधरीले भने, ‘गल्फ ब्रान्ड अन्तरास्ट्रिय ब्रान्ड हो जुन उच्च गुणस्तरका लागि लागि प्रख्यात छ । नेपाली बजार मा गल्फ सर्वाधिक विक्री हुने लुब्रिकेन्ट ब्रान्ड हो ।’
नेपाल ल्युब आयलका महाप्रबन्धक गंगाराज भट्टराईले नयाँ शोरुमहरुबाट गल्फ ब्रान्डको सबै उत्पादनहरु उपलब्ध हुने बताए ।
फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्राण्ड हो । यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँछ ।


