काठमाडौं । ३५० सीसी मोटरसाइकल क्लासीक डिजाइन सेग्मेन्टमा नयाँ प्रिमियम मोटरसाइकल आएको छ । एशियाली बजारमा ३५० सीसी सेग्मेन्टमा दवदवा रहेको सेग्मेन्टमा हार्ले डेभिडशनले नयाँ मोटरसाइल ल्याएको छ ।
कम्पनीले हार्ले एक्स ३५० चिनियाँ बजारमा सार्वजनिक गरेको हो ।
यो मोटरसाइकलले रोयल इनफिल्ड ३५० सीसी मोटरसाइकलसँग प्रतिस्पर्धा गर्नेछ । हार्लेले ५०० सीसी मोटरसाइकल समेत सार्वजनिक गर्ने तयारी गरेको छ ।
चिनियाँ मोटरसाइकल कम्पनीसँगको सहकार्यमा सार्वजनिक गरेको यो मोटरसाइकल हार्लेले हिरोसँगको सहकार्यमा सार्वजनिक गर्ने अनुमान गरिएको छ । भारतीय बजारमा एक्स ३५० ले रोयल इनफिल्डलाई सिधा टक्कर दिनेछ । भारतीय बजारमा ३५० सीसी सेग्मेन्टमा मासिक ७० हजार यूनिट मोटरसाइकल विक्री हुँदै आएको छ ।
कम्पनीले चिनियाँ मोटरसाइकल उत्पादक कम्पनी क्यूजे मोटर्ससँगको सहकार्यमा एक्स ३५० सार्वजनिक गरेको हो । कम्पनीले यसको मूल्य ३३ हजार ३८८ यूवान निर्धारण गरेको छ ।
हार्ले एक्स ३५० मा ३५३ इन्जिन रहेको छ । यसले ३५ पीएस पावर जेनेरेट गर्छ । यो मोटरसाइकलको तौल १९५ केजी रहेको छ भने, यसको टप स्पीड क्षमता १४३ किमी प्रतिघण्टा रहेको ।
यो मोटरसाइकलमा १७ इन्चको टायर, अलोय ह्वील, डबल डिस्क ब्रेक, यूएसडी फर्क, राउण्ड एलइडी हेडल्याम्प, एबीएस जस्ता फिचर उपलब्ध रहेको छ ।

