बीवाइडीबाट बाहिरियो वर्कशायर हाथवे, पायो ३९ गुणा प्रतिफल

काठमाडौं । अमेरिकाको चर्चित इन्भेष्टमेन्ट कम्पनी वर्कशायर हाथवेले चिनियाँ न्यू इनर्जी भेहिकल कम्पनी बीवाइडीबाट बाहिरिएको छ ।

सन् २००८ मा बीवाइडीमा लगानी गरेको वारेन वफेटको कम्पनी वर्कशायर हाथवे १७ वर्षपछि झण्डै ३९ गुणा नाफा लिएर बाहिरिएको हो ।

वारेन बफेटले आफ्ना साथी चार्ली मुङगलको सुझावमा सन् २००८ मा चिनियाँ कम्पनी बीवाइडीमा लगानी गरेका थिए । वारेन लगानी गरेपछि बीवाइडीको चर्चा अन्तर्राष्ट्रिय बजारमा चुलिएको थियो ।

वारेनले उक्त समयमा २३ कराेड लगानी गरेका थिए । सन् २०२२ मा उक्त लगानीको मूल्यांकन ९ अर्ब डलर पुगेको थियो । जुन सुरुवाती लगानीको तुलनामा ३८९० प्रतिशत धेरै हो ।

वर्कशायर हाथवेको बीवाइडीमा २०.०४ प्रतिशत हिस्सेदारी रहेको थियो । वर्कशायरले बफेटले सन् २०२२ को अगस्टदेखि बीवाइडीको शेयर बिक्री गर्दै आएको थियो । कम्पनीले ३ वर्षसम्म विस्तारै शेयर बिक्री गरी सन् २०२४ मा ५ प्रतिशतको हाराहारीमा हिस्सेदारी राखेको थियो । तर यसै वर्षको मार्चमा भने हाथवेले बीवाइडीको सबै शेयर बिक्री गरी बाहिरिएको हो ।

बीवाइडी हंङकङ स्टक एक्सचेन्जमा सूचीकृत छ । हाथवे चिनियाँ अटोमोबाइल बजार एकदमै प्रतिस्पर्धी भएको र बीवाइडीको ग्रोथ व्यापार वृद्धिदर कम रहेको भन्दै बाहिरिएको बताइएको छ ।

तर, बीवाइडीका जनरल मेनेजर लि विनफेइले भने कुनै व्यक्ति वा इन्भेस्टमेन्ट कम्पनीहरूले शेयर खरिद बिक्री सामान्य कुरा भएको बताएका छन् । यस कार्यले कम्पनी संचालनमा कुनै प्रभाव नपार्ने उनको भनाइ छ ।

उनले १७ वर्ष अगाडि बीवाइडीलाई विश्वास गरी लगानी गर्न सल्लाहा दिने चार्ली मुङगल र लगानी गर्ने बफेटलाई धन्यावाद समेत दिएका छन् ।


Back_to_top