काठमाडौं । विश्वकै सबैभन्दा ठूलो मोटरसाइकल उत्पादक हिरो मोटोकर्पले इलेक्ट्रीक स्कुटर उत्पादनका लागि थप लगानी गर्ने भएको छ । कम्पनीले एथर इनर्जीमा ५०० करोड (५ अर्ब) भारु लगानी थप्ने भएको हो ।
हिरो मोटोकर्पले एथर इनिजमा ३३.१ प्रतिशत लगानी रहेको छ । एथर इनर्जीले एथर ब्रान्डका इलेक्ट्रीक स्कुटर उत्पादन गर्दै आएको छ ।
हिरो मोटोकर्पको एकल लगानीमा रहेको भिडा इलेक्ट्रीकले राम्रो प्रभाव पार्न नसकेका कारण कम्पनीले एथरमा लगानी थप गर्ने भएको हो ।
हिरोसँगै कम्पनी सिंगापुर बेस इनभेष्टमेन्ट कम्पनी जीआइसीले समेत लगानी गर्ने भएको हो । यी दुई कम्पनीले कुल ९०० करोड भारु लगानी गर्ने सम्झौता भएको हो ।

