१३ लाख मूल्य पर्ने इलेक्ट्रीक मोटरसाइकल नाडा अटो शोमा सार्वजनिक हुने

काठमाडौं । बेइजिङ वेस प्रिमियम इलेक्ट्रीक मोटरसाइकल कम्पनी इभोक नेपाल आउने भएको छ । कम्पनीले १३ लाख सुरुवाती मूल्य राखेर मोटरसाइकल सार्वजनि गर्ने भएको हो ।

कम्पनीले केही दिन अघि सार्वजनिक गरेको मूल्यसूचीमा प्रारम्भीक मूल्य १३ लाख देखि १३ लाख ५० हजारसम्म राखेर सार्वजनिक गरेको हो ।

मोटरसाइकलको आधिकारि विक्रीको समयमा यो मूल्य केही तल माथि हुन सक्नेछ ।

इन्ड्युरो मोटर्सले इभोक इलेक्ट्रीकका उत्पादन नेपाल ल्याउने भएको हो ।

कम्पनीले ३ दिनपछि भृकुटीमण्डमा हुने नाडा अटो शो २०२३मा इभोक अर्वान क्लासीक र अर्वान क्लासीक एस मोटरसाइकल सार्वजनिक गर्ने भएको हो ।

इभोक अर्वान क्लासीक इलेक्ट्रीक मोटरसाइकलमा २५ किलोवाट क्षमताको मोटर उपलब्ध छ । यसको टप स्पीड क्षमता १५० किलोमिटर प्रतिघन्टाको रहेको छ ।

अर्वान क्लासिकमा १०.४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री उपलब्ध छ। यसले फास्ट चार्जर सपोर्ट गर्छ भने एक पटकको फुलचार्जमा २५० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ । यो मोटरसाइकलमा मल्टिपल राइडिङ मोड उपलब्ध छ ।

अन्तर्राष्ट्रिय बजारमा ८ हजारदेखि ९ हजार डलरसम्म मूल्य भएको यो मोटरसाइकलको मूल्यको बारेमा कम्पनीले कुनै जानकारी दिएको छैन ।

 


Back_to_top