एमजीको बलियो ईभी लाइनअपमा आजबाट थपिदै ‘कोमेट र एमजी-४’

काठमाडौं । एमजीको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले कोमेट ईभी आज सार्वजनिक गर्ने भएको छ । कम्पनीले आफ्नो नक्साल शोरुमबाट कोमेट सार्वजनिक गर्न लागेको हो ।

एमजी कोमेटसँगै कम्पनीले एमजी-४ पनि बजारमा ल्याउने छ । कम्पनीले ल्याउने एमजी-४ एक स्पोर्टी ह्याचव्याक हो । यी दुई मोडलमा निकै ठूलो भिन्नता पाउन सकिन्छ ।

कोमेट एमजीले भारतीय बजारलाई ध्यानमा राखेर भारतमा नै उत्पादन गरेको मोडल हो । जसको कारण नेपाली सडक सुहाउदो डिजाइन यसमा पाउन सकिने अपेक्षा गर्न सकिन्छ । भारतमा राम्रै सफलता पाइरहेको सहर केन्द्रीत मिनी ईभी कोमेटले नेपालमा कस्तो ब्यापार गर्छ त्यो हेर्न भने कुर्नु पर्ने हुन्छ ।

पारामाउन्ट मोटर्सले नेपाल ल्याएको बेलायतको ‘कार अफ दी इयर २०२३’ अवार्ड जित्न सफल एमजी–४ निकै राम्रो गर्न सक्ने मोडल मानिन्छ । कम्पनीले यसलाई प्रिमियम ह्याचव्याक सेग्मेन्ट लिडर बनाउने योजना सहित नेपाल ल्याएको हो ।

यी दुई नयाँ मोडलसँगै एमजीसँग अब ३ मोडलमा ईभी उपलब्ध हुनेछ । कम्पनीले २०१९ देखि बिक्री गर्दै आएको जेडएस ईभी नेपालको सफल कम्प्याकट एसयूभी हो । कम्पनीले आफ्नो नक्सालमा रहेको शोरुम पनि नयाँ तरिकाले रेनोभेट गरेको कारण त्यहीबाट नयाँ मोडल सार्वजनिक हुँदैछन् ।

मूल्यमा नयाँ रेन्ज

एमजीसँग तीन मोडल जेडएस ईभी, एमजी-४ र कोमेट उपलब्ध हुने भएसँगै मूल्यमा पनि राम्रै रेन्ज उपलब्ध हुने भएको छ । कम्पनीको लाइनअपमा रहेको सबैभन्दा सस्तो मोडल कोमेट हुनेछ भने, सबैभन्दा महंगो मोडल जेडएस ईभीको लङ रेन्ज मोडल बन्नेछ ।

एमजीले आफ्नो कोमेट र एमजी-४ को मूल्य भने अझै सार्वजनिक गरेको छैन । कम्पनीले २० लाख हाराहारी मूल्यमा कोमेट ईभी सार्वजनिक गर्ने अनुमान गरिएको छ । एमजी-४ को मूल्य पनि ४० देखि ४२ लाख भित्रै सुरुवाती भेरियन्टको रहने अपेक्षा गर्न सकिन्छ । त्यस्तै सबैभन्दा महंगो मोडल लङ रेन्ज जेडएस ईभीको मूल्य ७१ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

अहिले बिक्री गर्दै आएको स्टायण्डर्ड जेडएस ईभीको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ रहेको छ । टप भेरियन्ट एमजी-४ को मूल्य ५८ लाख हाराहारी रहने अनुमान गर्न सकिन्छ । यस हिसावले कम्पनीसँग २० लाखदेखि ७२ लाख मूल्यसम्मका ईभी उपलब्ध हुनेछन् ।

रेन्जमा पनि छनोट

एमजीसँग मूल्य मात्रै होइन रेन्जमा पनि धेरै छनोट उपलब्ध हुनेछ । कम्पनीको कोमेटले २०० किलोमिटर अनरोड रेन्ज दिने रिपोर्टहरु भारतमा सार्वजनिक भएका छन् । त्यस्तै एमजी-४ दुई ब्याट्री अप्सनमा आउने भएको कारण ३५० र ४५० किलोमिटर रेन्ज पाउन सकिने बतान्छ ।

जेडएस ईभी पनि ३५० देखि ४४० किलोमिटरसम्मको रेन्जमा उपलब्ध रहेको कारण एमजीसँग रेन्ज खोज्नेलाई पनि धेरै छनोट उपलब्ध हुनेछ ।


Back_to_top