मर्सिडिजको डिजाइनमा बनेको लग्जरी माइक्रोबस अटो शोमा, यस्तो छ मूल्य

काठमाडौं । भदौ २६ गतेबाट आयोजना हुने नाडा अटो शो २०२३ मा लग्जरी माइक्रोबस अर्वानीया प्रदर्शन हुने भएको छ । फोर्स मोटर्सको उत्पादन अर्वानीयालाई आयाम इन्टरकन्टिनेन्टल प्रालिलेप्रदर्शन गर्न लागेको हो ।

कम्पनीले नाडा अटो शोबाटै अर्वानीयाको बुकिङसमेत खुल्ला गर्ने जनाएको छ । अर्वानीयाको बिक्री सुरुसँगै यो नेपालमा उपलब्ध माइक्रोबस मध्ये सबैभन्दा प्रिमियम सुविधा युक्त मोडल बन्नेछ ।

विषेशत पर्यटन तथा होटल ब्यबसायी, टुर्स एण्ड ट्राभल्स, ठूला कम्पनीहरु, कुटनीतिक निकायहरु, सरकारी तथा गैरसरकारी संस्थाहरुका लागि अर्वानीया माइक्रोबस उपयुक्त हुनेछ । फोर्स मोटर्सले अर्वानीया माइक्रोबस लग्जरी ब्राण्ड मर्सिडिज बेन्जको डिजाइन, इन्जिन, गियरबक्स र एक्सलको प्रयोग गरेर बनाएको हो ।

सुरक्षाको हिसावले उत्कृष्ट ड्युल एयरब्याग, एरोडाइनामीक क्र्यास एण्ड रोलोबर प्रोटेक्सन, डबल स्कीन बडी कन्सट्रक्सन, स्टाइलीस डिआरएलसहितको हेडल्याम्प, न्यू ट्रान्सफर लिफ, ट्रीपल ए÷सी सिस्टम, अलराउण्ड भिजिविलीटी स्क्रृन, टेलीस्कोपीक स्टेरीङ्ग जस्ता फिचर उपलब्ध छन् ।

सेन्ट्रल डोर लकिङ्ग वीथ रिमोट किलेस इन्ट्री, हिल होल्ड कन्ट्रोल, क्यामरा बेस रिभर्स पार्क सिस्टम, फलोमी होम फिचर, इबीडी सहितको एबीएस, इएसपी जस्ता सुरक्षा यसमा छन् ।

स्लाइडीङ्ग डोरसहितको तीन ढोका भएको माइक्रोबस १४ र १८ सिट क्षमतामा उपलब्ध हुनेछन् । सहज इन्ट्री र एक्जिट, प्रर्याप्त वुट स्पेस, रिक्लाइनिङ सिट पाउन सकिन्छ ।

कम्पनीले यसको सुरुवाती मूल्य ८२ लाख ९९ हजार रुपैयाँ तोकेको छ । उक्त मूल्य केही समयको लागि मात्र लागु हुने कम्पनीले जानाएको छ । साथै, नाडा अटो शोमा बुकिङ्ग गर्नेहरुको लागी आकर्षक छुट सुबिधा समेत उपलब्ध हुने कम्पनीको भनाइ छ ।


Back_to_top