काठमाडौं । हिरो मोटोकर्पले आगामी वर्ष (सन् २०२५)को अन्त्यसम्ममा तीन वटा नयाँ इलेक्ट्रीक दुईपाँग्रे सवारीसाधन बजारमा ल्याउने भएकाे छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरञ्जन गुप्ताले ‘हिरो वल्र्ड २०२४’मा आगामी वर्ष भित्र ३ नयाँ मोडलका दुईपाँग्रे ईभी ल्याउने जानकारी दिएका हुन् ।
गुप्ताले २०२५ मा हिरोले मोटोकर्पले भिडाको दायारा विस्तार गर्दै मिड प्राइज र इकोनोमी दुवै सेग्मेन्टमा दुईपाँग्रे ईभी सार्वजनिक लक्ष्य भएको बताएका हुन् ।
कम्पनीले बीटुबी लास्ट माइल डेलिभरीका लागि समेत ईभी बनाउने तयारीमा रहेको समेत उनले बताए ।
कम्पनीले हालैमात्र अमेरिकी इलेक्ट्रीक मोटरसाइकल उत्पादक कम्पनी जिरोसँग गरेको सहकार्यबाट इलेक्ट्रीक मोटरसाइकल ल्याउन सहयोग हुने बताएको छ । कम्पनीले हिरो र जिरोको सहकार्यले भविष्यमा इलेक्ट्रीक मोटरसाइकल विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने बताएको छ ।
कम्पनीले भिडाको विस्तारको लागि भारतका विभिन्न १०० नयाँ सहरहरूमा शोरुम विस्तार गर्ने योजना बनाएको छ । हाल कम्पनीले देशका विभिन्न १०० सहरहरूमा भिडाको उपलब्धता रहेको छ ।