हिरोका सबै मोटरसाइकल र स्कुटरको मूल्य बढ्यो (मूल्यसहित)

काठमाडौं । एनजीएम हिरोले मोटरसाइकलको मूल्य वृद्धि गरेको छ । कम्पनीले पछिल्लो समय नेपालमा चर्चामा रहेको एक्सपल्स २०० मोटरसाइकल सहित अन्य मोडलमा मूल्य वृद्धि गरेको हो ।

नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालले साउन ८ गते प्रकाशन गरेको मूल्यसूची अनुसार हिरोका मोटरसाइकलको मूल्य वृद्धि भएको हो । कम्पनीले बिभिन्न मोडलका १८ भेरियन्टमा मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको छ ।

हामीले गत फागुनमा प्रकाशित मूल्यसँग तुलना गरि यहाँ प्रस्तुत गरेका छौं । नेपाली बजारमा पछिल्लो समय चर्चामा रहेको हिरो एक्सपल्स २०० को मूल्य ३ लाख ८८ हजार रुपैयाँ भएको छ । यो मोटरसाइकलमा ३ हजार रुपैयाँ वृद्धि भएको हो ।

त्यस्तै एक्सपल्स २०० टी मा कम्पनीले ६ हजार रुपैयाँ मूल्य बढाएको छ । यसअघि ३ लाख ३२ हजार रुपैयाँमा बिक्री गर्दै आएको यो मोटरसाइकलको मूल्य हाल ३ लाख ३८ हजार रुपैयाँ तोकिएको छ ।

यस्तै कम्पनीले आफ्नो स्कुटर प्लेजर प्लसको मूल्यमा ३ हजार रुपैयाँले वृद्धि गरेको छ । यस अघि हिरो प्लेजर प्लसको मूल्य १ लाख ८६ हजार रुपैयाँ रहेको थियो । अर्को स्कुटर डुयट् भिएक्समा कम्पनीले २ हजार ५ सय रुपैयाँ मूल्य वृद्धि गरेको छ । यस अघि १ लाख ८९ हजार ५०० रुपैयाँ मूल्य रहेको यो स्कुटरको मूल्य हाल १ लाख ९२ हजार रुपैयाँ तोकिएको छ ।

यस्तै मजेष्टोमा २ हजार ५००, डेस्टेनी मा ४ हजार, हिरो स्प्लेन्डर प्लसमा १ हजार, सुपर स्प्लेन्डरमा १ हजार, ग्ल्यामर डीआरएस एसभीमा ३ हजार, ग्ल्यामर डीएसएस एसभीमा ३ हजार, हिरो एक्स्ट्रीम स्र्पोटस्मा ४ हजार, हिरो एचीभर्समा ४ हजार रुपैयाँले मूल्य बढाएको छ ।

यस्तो छ नयाँ मूल्यसूची


Back_to_top