क्रुजर कन्ट्रोल फिचरसहित हिरोको नयाँ इलेक्ट्रीक स्कुटर

काठमाडौं । भारतको सबैभन्दा ठूलो इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी हिरो इलेक्ट्रीकले स्मुथ राइडिङ एक्सपिरियन्सको लागि नयाँ फिचरका साथ ‘अल न्यू अप्टीमा’ स्कुटर सार्वजनिक गरेको छ ।

कम्पनीले हिरो इलेक्ट्रीक अप्टीमामा क्रुज कन्ट्रोल फिचरसहित सार्वजनिक गरेको हो । कम्पनीले हिरो अप्टीमा एचएक्सको मूल्य ५५ हजार ५८० भारतीय रुपैयाँ निर्धारण गरेको छ ।

चालकलाई आरामदीय अनुभव प्रदान गराउन कम्पनीले यसमा क्रुज कन्ट्रोल फिचर समेत दिइएको छ । एक बटनको प्रयोगबाट क्रुज कन्ट्रोल फिचर एक्टिभेट गर्न सकिन्छ । बटन थिचेपश्चात् स्पीडो मिटरमा यसको सिम्वोल देखिन्छ भने, यसलाई डिएक्टीभेट गर्नका लागि ब्रेक वा थ्रोटलको प्रयोग गरेर गर्न सकिन्छ ।

हिरो इलेक्ट्रीकले लो-स्पीड, सिटी स्पीड र हाइ स्पीड टू ह्वीलर निर्माणका लागि आफ्नो आरएण्डडी सुविधा थप गरेको छ । नेपालमा पनि हिरोका दुई पाङ्ग्रे इलेक्ट्रीक सवारी साधन चाँडै लक्ष्मी ग्रुपले विक्री सुरु गर्दैछ ।


Back_to_top