एक्स्ट्रिम सिरिजका दुई मोटरसाइकल सार्वजनिक गर्दै हिरो

काठमाडौं । नेपाली बजारमा हिरोका दुई नयाँ मोटरसाइकल सार्वजनिक हुने भएको छ ।

हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले बिहीबार दुई नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको हो ।

कम्पनीले हिरो एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोर भी सार्वजनिक गर्ने भएको हो ।

कम्पनीका अनुसार नाडा अटो शो २०२४ मा देखाइएको एक्ट्रीम १६० फोर भी र हिरो एक्स्ट्रीम १२५ आर सार्वजनिक गर्न लागिएको हो ।

हिरोले एक्स्ट्रीम १६० आर फोभीमा १६३।२ सीसी क्षमताको सिंगल सिलिण्डर, फोर भल्भ, आयल कुल्ड इन्जिन दिइएको छ । कम्पनीका अनुसार सेग्मेन्टमै सबैभन्दा छिटो ४।४ सेकेण्डमै ०–६० किलोमिटर प्रतिघण्टाको स्पीड यसले भेटाउने छ ।

यसका केवाइबीको अपसाइड डाउन सस्पेन्सन छ भने यसमा कनेक्टेड फिचर उपलब्ध रहेको छ ।

त्यस्तै, अर्को मोटरसाइकल एक्स्ट्रीम १२५ आरमा १२५ सीसी क्षमताको सिंगल सिलिण्डर, एयर कुल्ड, स्प्रिन्ट ईबीटी इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ८ हजार २५० आरपीएममा ११.५० ब्रेकहर्स पावर जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ । यसमा सिंगल च्यानल एबीएस तथा एलईडी हेडलाइटहरू उपलब्ध छ ।


Back_to_top