काठमाडौं । हिरो एक्सपल्स २०० फोर भी अप्रिल १ तरिखबाट नेपालमा विक्री सुरु हुने भएको छ । नेपाल जनरल मार्केटिङ प्रालिले एक्सपल्स २०० को फोर भीको विक्री सुरु गर्न लागेको हो ।
विक्री सुरु हुने मिति घोषणा भएसँगै हिरोका डिलरहरुले बुकिङ लिन सुरु गरेका छन् । डिलरहरुको अनुसार एक्सपल्स २०० फोर भी मोटरसाइकल १० हजार रुपैयाँ तिरेर बुकिङ गर्न सकिने छ ।
कम्पनीले विभिन्न तीन कलर भेरियन्टमा एक्सपल्स २०० फोर भी नेपालमा विक्री गर्ने छ । जसमा रातो–कालो, सेतो–निलो र कालो–निलो रहने छ । नयाँ मोडलको मूल्य ४ लाख ७५ हजार रुपैयाँ तोकेर विक्री सुरु गर्न लागेको हो । यद्यपि कम्पनीले मूल्य भने आधिकारीक घोषणा गरिसकेको छैन ।
नयाँ मोटरसाइकलमा ४ भल्भ प्रयोग भएको छ । साथै, रेगुलरको तुलनामा १.०२ पीएस पावर र ०।९ एनएम टर्क बढी प्रदान गर्न सक्षम छ । हिरोले यसमा ७ फिन आयल कुलरको प्रयोग गरेको छ, अब पहिले जस्तो इन्जिन तात्ने समस्या पूर्णरुपमा समाधान भएको कम्पनीको दावी छ ।

