होण्डा सीबीआर २५० आरको बिक्री ९० प्रतिशतले घट्यो, यस्तो छ कारण

होण्डा सीबीआर २५० आरको बिक्री भारतीय बजारमा ९० प्रतिशतले घटेको छ । गत बर्ष मेको तुलनामा यो बर्ष मेमा यसको बिक्री ९० प्रतिशतले घटेको हो । साथै होण्डाको स्कुटर बिक्रीमा समेत ठूलो गिरावट आएको छ । होण्डाको डियोको बिक्री भने ४२ प्रतिशतले बढेको छ ।

होण्डा सीबीआर २५० आरको बिक्री अप्रिलमा समेत ७१ प्रतिशतले घटेको थियो । भारतीय बजारमा बढ्दो प्रतिस्पर्धाका कारण पनि होण्डा सीबीआर २५० आरको मूल्य धेरै हुँदा बिक्रीमा गिरावट आएको देखिन्छ । यसका साथै जापानी कम्पनी सुजुकीले हालै सार्वजनिक गरेको जिक्सर एसएफ–२५० ले पनि यसको बिक्रीमा गिरावट आएको अनुमान गरिएको छ । सुजुकी जिक्सर एसएफ–२५० मे महिनामा १५ सय २६ यूनिट बिक्री हुँदा होण्डा सीबीआर २५० आरको बिक्री संख्या ५४ यूनिटमा सीमित रहेको हो ।

सुजुकी जिक्सर एसएफ–२५० को तुलनमा होण्डा सीबीआर २५० आरको मूल्य २४ हजार भारतीय रुपैयाँले महंगो रहेको छ । यसका साथै जावा ३००, बजाज डोमीनार ४०० जस्ता बाइकको कारण पनि होण्डा सीबीआर २५० आरको बिक्री घटेको हो ।


Back_to_top