हुन्डाईको चर्चित कम्प्याक्ट एसयूभी भेन्यू प्रति उपभोक्ताको चासो उच्च रहेको छ । २१ मेमा सार्वजनिक भएको भेन्यूको बुकिङ ३३ हजारभन्दा बढी पुगेको छ । सार्वजनिक भएको १ महिनामा भेन्यूबारे २ लाखभन्दा बढी मानिसले सोधीखोजी गरेका छन् ।
भेन्यूको मुख्य प्रतिस्पर्धीको रुपमा भारतीय बजारमा मारुती ब्रेजा, महिन्द्रा एक्सयूभी–३००, टाटा नेक्सन र फोर्ड इकोस्पोर्टलाई लिइएको छ । मोडलका आधारमा बुकिङ गरेको भेन्यू डेलिभर लिन ६ देखि ८ साता कुर्नुपर्ने अवस्था रहेको छ ।
हुन्डाई भेन्यू डुअल क्लच अटोमेटिक ट्रान्समिसनसहितको १.० लिटर टर्बो पेट्रोलको माग धेरै रहेको छ । सबैभन्दा माग हुने मोडलमा १.२ लिटर पेट्रोलयुक्त भेन्यू रहेको छ ।
हुन्डाई भेन्यू तीन इन्जिन अप्सनमा उपलब्ध रहेको छ । १.२ लिटर पेट्रोल इन्जिन जसले ८३ बीएचपी पावर, १.० लिटर टर्बो पेट्रोल इन्जिनले १२० बीएचपी र १.४ लिटर डिजेल इन्जिन जसले ९० एचपी पावर जेनेरेट गर्दछ ।
नेपालका लागि हुन्डाईको आधिकरिक बिक्रोता लक्ष्मी इन्टिरकन्टिनेन्टलले कम्प्याक्ट एसयूभी भेन्यू ल्याउने तयारी गरि रहेको छ । कम्पनीले नाडा अटो शोे अगावै भेन्यू बजारमा उपलब्ध गराउने जनाएको छ ।

