काठमाडौं । होन्डाले भारतीय बजारमा नयाँ स्कुटर सार्बजनिक गरेको छ । कम्पनीले आफ्नो चर्चित स्कुटर डिओलाई १२५ सीसी क्षमताको इन्जिनमा सार्वजनिक गरेको हो ।
यसअघि ११३ सीसी इन्जिनमा उपलब्ध रहेको होन्डा डिओ अब १२५ सीसी इन्जिनमा आउने छ । पहिलेभन्दा पावर फुल इन्जिन र आधुनिक टेक्नीकको साथमा उपलब्ध डिओ निकै स्पोर्टी डिजाइन आएको हो ।
नयाँ होन्डा डिओमा १२३.९ सीसी क्षमता भएको एयर कुल्ड एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले ८.१४ बे्रकहर्स पावर र १०.३ एनएमको टर्क जेनेरेट गर्नेछ ।
नयाँ डिओमा मोर्डन टेल ल्याम्प, नयाँ स्प्लिट ग्रयावरेल, वेव डिस्कब्रेक, अलोय ह्वील, नयाँ ग्राफिक्स डिजाइन, नयाँ बोल्ड लोगो, डुवल आउटलुट मफलरको साथ क्रोम फिनिसिङले स्कुटरको लुक्स पहिलेभन्दा थप स्पोर्टी देखिएको छ ।
त्यसैगरी, नयाँ डिओ १२५ मा डिजिटल स्पीडोमिटर दिइएको छ । जसमा औषत इन्धनको खर्च, बाँकी पेट्रोलले दिने रेन्ज जस्ता सुचना दिन्छ । यसका साथै, नयाँ डिओमा डिजिटल डिस्प्ले, ट्रिप, समय, साइड स्ट्यान्ड इन्डिकेटर्स, स्मार्ट चाबी, एलइडी हेडलाइट, एलइडी पोजिसन लाइट, ब्याट्री इन्डिकेटर, सर्भिस ड्यू इन्डिकेटर दिइएको छ ।
साथै, नयाँ डिओमा आइडल स्टप सिस्टम, १२ इन्चको फ्रन्ट ह्वील, टेलिस्कोपीक सस्पेन्सन, कम्बी ब्रेकिङ सिस्टम, १८ लिटर अन्डर सिट स्टोरेज स्पेस, स्मार्ट स्टार्ट, स्मार्ट फाइन्ड, स्मार्ट अनलक जस्ता थुपै फिचरहरु रहेका छन् ।
होन्डाले नयाँ डिओ स्मार्ट र स्टयान्डर्ड गरी दुई भेरियन्मा सार्बजनिक गरेको हो । भारतमा स्मार्ट भेरियन्टको मूल्य ९१ हजार ३०० र स्ट्यान्डर्ड भेरियन्टको मूल्य ८३ हजार ४०० रुपैयाँ (एक्स शोरुम) निर्धारण गरेको छ ।

