भारतीय बजारमा होन्डाको प्लान, इलेक्ट्रीक कारदेखि अल न्यु सिटीसम्म

इलेक्ट्रीक सवारीसाधनको बढ्दो बजारलाई मध्यनजर गर्दै संसारका चर्चित अटो मोबाइल कम्पनीले इलेक्ट्रीक भेहिकलको उत्पादनलाई जोड दिएका छन् । अन्तर्राष्ट्रिय मागलाई ध्यानमा राख्दै होन्डा मोटरले पनि भारतमा ईभी उत्पादनमा लाग्ने निर्णय गरेको छ ।

कम्पनीले सन् २०२३÷ २४ सम्ममा भारतीय बजारमा जिरो इमिशन भेहिकल सार्वजनिक गर्ने घोषणा गरेको हो । होन्डाले लेटेस्ट जेनेरेशनको सिभिकलाई २०१९ सम्ममा सार्वजनिक गर्ने तयारी गरेको छ । 

सन् २०२१ मा कम्पनीले ब्रान्ड न्यू–सिटी भारतीय बजारमा ल्याउने तयारी गरेको छ, भने होन्डा नेक्स्टलाई पनि चाँडै नै लञ्च गर्ने योजना बनाएको छ । त्यसपछिमात्रै आफ्नो पहिलो इलेक्ट्रीक वहानलाई मार्केटमा ल्याउने कम्पनीले जनाएको छ । 

होन्डाकाे यो कार बी–सेग्मेन्ट मोडल वा एसयूभीमध्ये के हुने भन्ने निश्चित गरेको छैन । कम्पनीकाअनुसार उक्त इलेक्ट्रीक कारलाई फूलचार्जमा १५० देखि २०० किलोमिटरसम्म चलाउन सकिने छ । पछिल्लो समय भारत सरकारले इलेक्ट्रीक सवारीसाधनको प्रयोगलाई विशेष जोड दिएको छ ।


Back_to_top