यस्तो छ महिन्द्राको स्कार्पिओ एस–९, भारतमा सार्वजनिक

महिन्द्राले आफ्नो चर्चित एसयूभी स्कार्पिओको नयाँ भेरिएन्ट एस–९ सार्वजनिक भएको छ । कम्पनीले भारतीय बजारमा सार्वजनिक गरेको नयाँ भेरिएन्टको स्कार्पिओ टप–स्पेक एस–११ बाट प्रेरित रहेको छ ।

नयाँ भेरिएन्टको सार्वजनिक गर्दै महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडका सेल्स एन्ड मार्केटिङ्ग चिफ विजयराम नक्राले भने ‘स्कार्पिओले इन्डियान अटो इन्डष्ट्रीमा एसयूभीको नक्सा नै परिवर्तन गरेको दाबी गर्दै नयाँ भेरिएन्टको आगमनले एसयूभी सेग्मेन्टमा अझ शक्तिशाली बन्ने विश्वास ब्यक्त गरे ।

नयाँ स्कार्पिओमा धेरै फिचरहरू थप गरिरहेको छ । स्टाटिक–बेन्डिङ्ग प्रोजेक्टर हडल्याम्प, फ्रन्ट फग ल्याम्प, एलईडी गाइड लाइट, हाइड्रोलिक एसिस्टेड बनोट, इन्टेलीपार्क, इन्टेरिग्रेटेड टर्न इन्डिकेटरजस्ता नयाँ फिचर थपिएको छ । 

स्कार्पिओ एस–९ को इन्टेरियरमा कम्पनीले ५.९ इञ्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, १० भाषाको जीपीएस नेभिगेसन, भ्वाइस एसिस्ट सिस्टम, अटोमेटिक टेम्प्रेचर कन्ट्रोल, अडियो र क्रस कन्ट्रोल सिस्टमलगायतका अन्य विशेषताहरू दिएको छ । 

स्कार्पिओ एस–९ भेरियन्टमा २.२ लिटर टर्बो डिजेल एमएचएडब्ल्यूके इन्जिन दिइएको छ, जसले १४० बीएचपी पावर र ३२० एनएम–टर्क उत्पादन गर्छ । यसमा सिक्स–स्पीड म्यानूअल ट्रान्समिसन दिइएको छ । 

सुरक्षाका लागि स्कार्पिओ एस–९ मा ड्यूल फ्रन्ट एयरब्याग, एबीएस, एन्टी–थेफ–वार्निङ्ग, प्यानिक–ब्रेक इन्डिकेसन, इन्जिन इम्मोविलाइजरलगायतका सेफ्टी फिचरहरू दिइएको छ । 

भारतीय बजारमा नयाँ महिन्द्रा स्कार्पिओ एस–९ भेरियन्टको मूल्य १३ लाख ९९ हजार भारतीय रुपैयाँ रहेको छ ।


Back_to_top