टोयोटाले आफ्नो सर्वाधिक बिक्री भएको सेडान कार कोरोलालाई नयाँ जेनेरेशनमा ल्याउने भएको छ । कम्पनीले आगामी शुक्रवारबाट सुरु हुने ग्वान्जावो इन्टरनेशनल मोटर शो २०१८मा नयाँ जेनेरेसन टोयोटा कोरोला सार्वजनिक गर्न लागेको हो ।
१२ औं जेनेरेसन कोरोला सेडानलाई कम्पनीले टिएनजी प्ल्याटफर्ममा निर्माण गरेको छ । जुन केही समय अगाडि अमेरिकी बजारमा सार्वजनिक गरिएको कोरोला ह्याचव्याकबाट नै लिइएको हो ।
कम्पनीले नयाँ जेनेरेसन कोरोला सेडानमा २.० लिटर पेट्रोल इन्जिन दिएको छ । जसले १६८ बीएचपी पावर र २१० एनएम टर्क जेनेरेट गर्नेछ । ६ स्पीड म्यानुयल र सीभीटी प्याडल सिफ्टर ट्रान्समिसनसहित दुई अप्सनमा उपलब्ध रहने अनुमान गरिएको छ ।
नयाँ जेनेरेसन कोरोलामा सिल्कर हेडल्याम्प, नयाँ डिजाइन गरिएको एलोय ह्वील, बोम्रिङ सार्प टेललाइटजस्ता फिचर दिइउको छ, जसले कारलाई आर्कषक बनाएको अनुमान गर्न सकिन्छ । पुरानो मोडलको तुलनामा नयाँ जेनेरेसन कोरोलाको इन्टेरियर निकै उत्कृष्ट रहेको छ ।
कारमा निकै उत्कृष्ट र लेटेष्ट टेक्नोलोजिमा आधारीत इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ । साथै सुरक्षासँग सम्बन्धीत धेरै फिचरहरु कार दिइएको अनुमान गरिएको छ ।

