हुन्डाई मोटरले अगस्ट २३ मा सार्वजनिक गरेको अल न्यू सेन्ट्रोले भारतीय बजारमा कम्पनीले अनुमान गरेभन्दा राम्रो ब्यापार गरिरहेको तथ्यांकहरु बाहिर आएका छन् ।
कम्पनीले ३३ दिनमा करिब ३३ हजार यूनिट कार बुकिङ गरिसकेको बिभिन्न भारतीय मिडियाले उल्लेख गरेका छन् । करिब ३ महिनासम्मको पुरै सेन्ट्रोको उत्पादन सोल्डआउट भएको छ । अब गाडी बुक गर्ने ग्राहकले भारतमा तीन महिनापछि मात्रै डेलिभरी पाउने छन् ।
कहिले आउला नेपाल ?
नेपाली बजारमा नोभेम्बर अन्त्यसम्म आउने अनुमान गरिएको नयाँ सेन्ट्रो भारती बजारमा भएको माग र बुकिङ्गलाई हेर्दा केही दिन पछाडि जानसक्ने आँकलन गर्न थालिएको छ ।
नेपालको लागि हुन्डाई मोटरको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल स्रोतका अनुसार नोभेम्बरको अन्त्यसम्ममा वा डिसेम्बरमा सेन्ट्रो नेपाली बजारमा सार्वजनिक हुनेछ ।
‘भारतीय बजारमा अत्याधिक मागका बाबजुद कम्पनीले निर्यात कोटा छुट्याएको हुन्छ । सोही कोटाबाट हामी नेपालमा चाँडै सेन्ट्रो सार्वजनिक गछौं’ लक्ष्मी इन्टरकन्टिनेन्टल स्रोतले मेरोअटोसँग भन्यो ।
यस्तो छ नयाँ सेन्ट्रो
अल न्यू हुन्डाई सेन्ट्रोलाई कम्पनीले डी–लाइट, इरा, मग्ना, स्पोर्टेज र अस्टा–ट्रीम गरी ५ भेरियन्टमा उपलब्ध गराएको छ । यो कारमा पेट्रोल तथा सीएनजी दुवै इञ्जिन विकल्प दिइएको छ । तर, नेपाली बजारमा पेट्रोल भेरिएन्ट मात्रै उपलब्ध हुने छ ।
हुन्डाई सेन्ट्रोमा दिइएको १.१ लिटर, फोर–सिलिन्डर इञ्जिनले ६९ बीएचपी र ९९ एनएम–टर्क उत्पादन गर्छ । यसको पेट्रोल इञ्जिनमा फाइभ–स्पीड म्यानूअल र न्यू अप्सनल फाइभ–स्पीड एएमटी गिएरबक्स दिइएको छ । नयाँ सेन्ट्रोले २०.३ किलोमिटर प्रतिलिटर माइलेज दिनेछ ।
हुन्डाई स्यान्ट्रो कम्पनीकै अल न्यू के–१ प्लेटफर्ममा निर्माण गरिएको हो । यस कारमा हलोगेन हेडल्याम्प, वाइड ग्रील, फोगल्याम्प, स्टील ह्वील, हवक्याप तथा रियर साइडमा मिड–सेट टेलल्याम्प दिइएको छ ।
यसकासाथै सेन्ट्रोमा ७ इञ्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एप्पल कार–प्ले र एन्ड्रोइड अटोजस्ता फिचरहरु रहेका छन्

