मारुती सुजुकी भिटारा ब्रेजा अहिलेको समयमा भारतीय बजारमा सबैभन्दा बढी बिक्री हुने कम्प्याक एसयूभी हो । अक्टोबर महिनामा यो कार १५ हजार ८३२ यूनिट बिक्री भएको थियो ।
यो एसयूभीमा ग्राहकलाई आकर्षित गर्ने विभिन्न विशेषताहरू रहेका छन् । आखिर किन यस एसयूभीमा ग्राहकहरू आकर्षित भएका छन् भन्ने विषयमा भारतीय मिडियाले प्रस्तुत गरेका चार कारण यस्ता रहेका छन् ।
भ्यालू फर मनी
ब्रेजा एक भेल्यू फर मनी कार हो । यसमा मारुती सुजुकीले केही निकै राम्रा फिचरहरू दिएको छ । भारतीय बजारमा मूल्यका आधारमा यस कारले टाटा नेक्सनसँग कडा प्रतिस्पर्धा गर्दैआएको छ । बजेट कारको अत्याधिक माग रहेको भारतीय बजारमा निकै सस्तो मूल्यमा ब्रेजा खरिद गर्न सकिनेछ ।
एएमटी गियरबक्स
मारुती सुजुकी अभिटारा ब्रेजाको भारतीय बजारमा सबैभन्दा धेरै बिक्री हुने भेरिएन्ट एएमटी हो । यसको मूल्य ८ लाख ६० हजार भारतीय रुपैयाँ रहेको छ । साथै, यसको माइलेज पनि उत्कृष्ट देखिन्छ । कम्पनीको दाबीअनुसार यो डिजेल कम्प्याक एसयूभीले सडकमा २४.२९ किलोमिटर प्रतिलिटरको माइलेज दिनेछ ।
कस्टमाइज विकल्प
मारुती सुजुकीले आफ्नो भिटारा ब्रेजामा केही कस्टमाइजेशनको विकल्प दिइएको छ । डिलरशिपले आई–क्रिएट प्रोगाम ल्याएर आपैmँ कस्टमाइज छान्नसक्ने व्यवस्था गरेको छ । टप स्पेशिफिकेशन मोडलमा ड्यूल टोन पेन्ट, बोनट रुफजस्ता फिचरले गाडीलाई आकर्षक बनाएको छ । यसबाहेक ब्रेजाको इन्टिरियरमा कस्टोमाइजको विकल्पसमेत रहेको छ ।
सर्भिस नेटवर्क
भारतमा मारुती सुजुकीको सबैभन्दा बढी उत्पादन, बिक्री केन्द्र र सर्भिस नेटवर्क रहेको छ । यसलाई किन्न चाहने ग्राहकले सहर तथा गाउँ सबैतिर सेल्स र सर्भिसको सुविधा पाउनेछन् ।

