होन्डाको ७ लाखसम्म जित्न सकिने नयाँ स्कीम सार्वजनिक

काठमाडौं । होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ स्कीम सार्वजनिक गरेको छ । कम्पनीले ‘होन्डा छ साथ साथ’ नामक स्कीम सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको यो स्कीम अन्तर्गत होन्डाको मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ७ लाख रुपैयाँसम्म जित्न सकिने कम्पनीले जनाएको छ ।

ग्राहकले हरेक होन्डा मोटरसाइकलको खरिदमा १ लाख रुपैयाँसम्म ‘क्यास ब्याक’ जित्न सक्नेछन् । यो योजनमा सहभागी सातै प्रदेशमा हरेक प्रदेशका एक एक ग्राहकले सामसङ ए ५० मोवाइल र सातै प्रदेशमा एक एक जना ग्राहकले एक वर्षको मर्मत सम्झौता जित्न सक्नेछन् ।

यसै योजनमा ग्राहकलाई फाइनान्स सुबिधासमेत उपलब्ध हुने कम्पनीले जनाएको छ । फाइनान्समा मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहाने ग्राहकलाई १ प्रतिशत ब्याजदरमा मोटरासइकल उपलब्ध हुने छ ।

यो योजनमा सहभागी ग्राहकमध्ये एकजना भाग्यशाली ग्राहकले ७ लाख रुपैयाँ जित्न सक्नेछन् । यो योजना सातै प्रदेशमा लागु हुने कम्पनीले जनाएको छ ।


Back_to_top