एफ-१५० इलेक्ट्रीक पीकअपको मूल्य सोचेभन्दा थोरै, र्‍याप्टरभन्दा पावरफुल

काठमाडौं । अमेरिकी कार निर्माता कम्पनी फोर्डले पहिलो इलेक्ट्रीक पीकअप एफ-१५० लाइटिनिङ प्रोको मूल्य सार्वजनिक गरेको छ । कम्पनीले अमेरिकी बजारमा ३२ हजार ४७४ डलर मूल्य तोकेको हो ।

अमेरिकामा विक्री हुने औषत कारको मूल्यभन्दा कम भएको कारण अहिले यो पीकअपको चर्चा चुलिदै गएको छ । फोर्डले एफ-१५० मा सबै एलइडी लाइटको प्रयोग गरेको छ । यसको क्याविन पनि निकै प्रिमियम बनाइएको छ ।

फोर्ड र्‍याप्टरभन्दा बढी पावर क्षमतामा उपलब्ध एफ-१५० मा ३३७ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । यसको मतलव यो पीकअपको अधिकतम पावर ४५२ पीएस रहेको छ । यसमा ९८ किलोवाट आवरको ब्याट्री दिइएको छ । यसलाई एक पटकको फुल चार्जमा ३७० किलोमिटर गुडाउन सकिने फोर्डले दावी गरेको छ ।

फोर्डले एफ-१५० लाई १५० किलोवाट क्षमताको डिसी फास्ट चार्जर सर्पोट गर्न सक्ने बनाएको छ ।


Back_to_top