होन्डाले पनि ल्याउने भयो क्रेटा र सेल्टोसँग प्रतिस्पर्धा गर्ने एसयूभी

काठमाडौं । भारतमा बढ्दो युटिलीटी भेहिकलको मागलाई मध्यनजर गर्दै होन्डाले नयाँ एसयूभी ल्याउने भएको छ । कम्पनीले ल्याउने नयाँ मिड साइज एसयूभी होन्डा आरएसको कन्सेप्ट सार्वजनिक गरेको हो ।

साइज र डिजाइनको हिसावले अहिले चल्तीका एसयूभी हुन्डाई क्रेटा, किया सेल्टोस, स्कोडा कुशक र फक्सवागेन टाइगुनसँग सिधा प्रतिस्पर्धा गर्ने छ ।

कम्पनीले हिजोबाट सुरु भएको इन्डोनेशिया मोटर शोमा उक्त एसयूभी सार्वजनिक गरेसँगै यसको चर्चा बढेको छ । होन्डाले भारतमा यसअघि नै नयाँ मोडलको उत्पादनमा काम भइरहेको जनाएको थियो ।

होन्डा एचआर-भीबाट प्रेरित रहेको यो मोडलमा १.५ लिटरको पेट्रोल इन्जिन रहने छ । उक्त इन्जिनमा ५ स्पीड म्यानुयल र सिभिटी अटोमेटीक गियरबक्स दिइने छ ।


Back_to_top