काठमाडौं । कियाले सन् २०४० सम्ममा आफ्नो सबै मुख्य बजारमा इलेक्ट्रीक कार मात्रै विक्री योजना अनुसार ‘इभी-९’ कन्सेप्ट सार्वजनिक गरेको छ । इभी-९ कियाको सबैभन्दा ठूलो इलेक्ट्रीक एसयूभीको रुपमा बजारमा आउने छ ।
अमेरिकाको लस एन्जलस मोटर शोमा प्रदर्शनी गरिएको नयाँ इलेक्ट्रीक एसयूभी कन्सेप्टलाई धेरैले मनपराएका छन् । कियाले आफ्नो सस्टेनिविलीटी योजना अन्तर्गत तयार पारेको इभी ९ को कन्सेप्टलाई ‘महत्वपूर्ण कोशेढुङ्गा’ भनेको छ ।
नयाँ कन्सेप्टले कियाको भविष्यमा बन्ने इलेक्ट्रीक एसयूभीको प्रतिबिम्ब मानिएको छ । यसको डिजायन थिममा रहेर भविष्यमा कियाले विद्युतीय गाडी उत्पादन र विक्री वितरण गर्ने अनुमान गर्न सकिन्छ ।



