काठमाडौं । होन्डाको नेपाली बजारमा चर्चित रहेको डियो स्कुटर भारतमा ३० लाख युनिट बिक्री भएको छ । नेपालमा पनि आजको दिनमा करिब ४५ प्रतिशत स्कुटरको हिस्सा डियोले ओगटेको छ ।
११० सीसी सेग्मेन्टमा आएको यो स्टाइलिस स्कुटर भारतमा सुरुवाति १४ वर्षमा १५ लाख यूनिट बिक्री भएको थियो भने पछिल्लो तीन वर्षमा १५ लाख युनिट बिक्री गर्दै ३० लाख युनिटको आँकडा पार गरेको हो ।
पछिल्ला तीन वर्षमा ५ गुणाले आफ्नो वृद्धि बढाउन सफल भएको छ । अहिले डियो भारतमा सर्वाधिक बिक्री हुने चौथो स्कुटर बनेको छ ।
होन्डा मोटरसाइकल तथा स्कुटर इन्डियाका सिनियर भाइसप्रेसिडेन्ट यदविंदर सिंह गुलेरियाले भने ‘आफ्नो १७ सालको यात्रामा डियोले जुन स्टाइल, फिचर र पर्फमेन्स दिएको छ त्यसले उसलाई भारतमा मात्रै नभएर अन्तर्राष्ट्रि बजारमा पनि चर्चित बनाएको छ ।’
कम्पनीले पछिल्लो पटक २०१८ मा डियोलाई अपग्रेड गरेको थियो । जसमा एलइडी हेडल्याम्प, डिजिटल इन्ट्रुमेन्ट कन्सोल, डियुल टोन बडी कलर, गोल्ड रिम, फोर इन वान लक स्विच, मोवाइल चार्जर सकेटजस्ता फिचर रहेका छन् । यी फिचरका कारण पछिल्ला दिन डियोको बिक्री ह्वात्तै बढेको हो ।
१०९ सीसी सिंगल सिलिन्डर एयर कुल्ड इन्जिन रहेको डियो स्कुटरले ८ बीएचपी र ८.९ एनएम टर्क जेनेरेट गर्छ ।

